काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्नेलाई कानूनअनुसार कैदसम्मको सजाय हुनसक्ने चेतावनी दिएका छन्।
आज देखापढीसँग कुरा गर्दै मन्त्री भट्टले भने, “जनतामा त्रास फैलाउने र कानूनविपरीत लाभ लिन खोज्नेमाथि हामी कडा एक्सन लिन्छौं।”
उनले बजार अनुगमनमा जानुपर्ने राज्य–संयन्त्र, निकाय र अधिकारीहरू अनुगमनमा गए/नगएको अनुगमन गर्न आफैं बजार अनुगमनमा गएको उल्लेख गर्दै आवश्यक परे सरकारका अरु संयन्त्र प्रयोग गरेर भए पनि आपूर्ति व्यवस्था सहज बनाउने तयारी भइरहेको बताए।
मन्त्री भट्टले व्यवसायीहरूलाई जिम्मेवार बनाउन व्यावसायिक छाता संगठनहरूमार्फत् सचेत गराइने, कृत्रिम अभाव सिर्जना र कालोबजारी गर्नेलाई चेतावनी दिने र त्यति गर्दा पनि सुधार नभए उद्योगहरू नै नियन्त्रणमा लिइनेसमेत बताए।
“ठगी गर्नेलाई कानूनअनुसार कैदसम्मको सजाय हुनसक्छ”, उनले भने।
बजारमा आपूर्ति सहज हुन नसके नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत् अत्यावश्यक सामग्री वितरणको प्रबन्ध गरिने उनले बताए।
पार्टीका कार्यकर्तालाई पनि स्वास्थ्य स्वयंसेवक र घरघरमा अत्यावश्यक सामग्री पुर्याउन प्रयोग गर्नसकिने उनको भनाइ छ।
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्नेलाई कानूनअनुसार कैदसम्मको सजाय हुनसक्ने चेतावनी दिएका छन्।आज देखापढीसँग कुरा गर्दै मन्त्री भट्टले भने, “जनतामा त्रास फैलाउने र कानूनविपरीत लाभ लिन खोज्नेमाथि हामी कडा एक्सन लिन्छौं।”

">