काठमाडौं। केही वर्ष अघिसम्म धेरैले सोच्थे- ड्रोन जासुसीको लागि मात्रै प्रयोग गर्ने प्रविधि हो। अरू केहीले ठान्थे- मिसाइल खसाल्नको लागि मात्रै यसको प्रयोग हुन्छ।
यो धारणा बदल्ने काम गरेको छ, ड्रोन नेपालले। ड्रोन सफल व्यवसायको साधन बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेछ यो कम्पनी।
काठमाडौंको बुद्धनगरमा रहेको ‘ड्रोन नेपाल’ केही युवा इन्जिनियरको परिकल्पना हो। यसले नेपालमा ड्रोन प्रविधि प्रोत्साहनको काम गरिहेको छ।
यो व्यवसायको सपना भने नेपाल इन्जिनियरिङ क्लबमा बीजारोपण भएको थियो। कलेजमा रोबटिक्स क्लब थियो। क्लबले ड्रोनको प्रयोग र निर्माणमा अध्ययन र विभिन्न प्रयोग गर्ने गर्थ्यो। दर्पण पुडासैनी त्यही कलेजमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्थे। मिलन कार्की इलेक्ट्रिकल इन्जिनियर बन्ने ध्याउन्नमा थिए। विष्णुप्रसाद पाण्डे सिभिल इन्जिनियर बन्नका लागि नापनक्शा सिक्दै थिए। कलेजमा हुने विभिन्न प्रतियोगिता र प्रोजेक्टमा उनीहरू सँगै हुन्थे।
यी तीनैजनालाई क्लबले दोस्त बनायो। त्यही दोस्तीलाई अहिले उनीहरूले व्यवसायमा परिणत गरेका छन्।
‘ड्रोन नेपाल’का संस्थापकमध्येका एक दर्पण पुडासैनी भन्छन्, “प्रविधिको प्रयोग गर्ने मात्रै होइन। त्यसले मानिसको दैनिकीलाई पनि सजिलो बनाउनुपर्छ भन्ने मान्यता थियो। मानिसको जीवनयापन सहज बनाउने गरी काम गर्न चाहन्थ्यौं। त्यसैमा, व्यावसायिक सम्भावना पनि हेरिरहेका थियौं। ड्रोन प्रयोग गरेर सर्भे गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्याैं। सम्भव देखिएपछि त्यसैमा व्यवसाय शुरू गरेका हौं।”
केही समय अघिबाटै परीक्षणको रूपमा सर्वे र नापनक्शाको काम गरेका थिए, उनीहरूले। जसका लागि सिभिल, जियोमेट्रिक्स, आर्किटेक्चर, कम्प्युटर क्षेत्रका इञ्जिनियरको समूह बनाएका थिए। सन् २०१६ मा त्यसैलाई व्यवस्थित बनाउन ‘ड्रोन नेपाल’ दर्ता गरे।
सन् २०१७ मा ‘वी रोवटिक्स’ले ‘नेपालमा व्यवसायको रूपमा ड्रोन’ शीर्षकको प्रतियोगिता आयोजना गर्यो। त्यसमा ड्रोन नेपालको टीमले भाग लियो र च्याम्पियन भयो। पुरस्कारमा उनीहरूले ८ हजार डलर पाए। नयाँ कम्पनी खोलिरहेका उनीहरूका लागि यो निकै ठूलो आधार बन्यो। कम्पनीका लागि धेरै लगानी जुटाइरहन परेन। त्यसबाहेक, उनीहरूले पाँच लाख रुपैयाँ लगानी गरे।
पुरस्कारबाट जितेको पैसाले ड्रोन किन्न सके। तर, ड्रोन किन्न त्यति सहज थिएन।
नेपालमा उपलब्ध थिएन। त्यसमा उनीहरूका लागि सहयोगी भइदियो ओलिज् स्टोर। ड्रोनको लागि चाहिने अरू हार्डवेयर पनि विदेशबाटै मगाउनुपर्थ्यो। ड्रोन उडाएर संकलन गरिएको डेटा प्रोसेसिङको लागि उपयोगी कम्प्युटरसमेत नेपालमा पाउन सकिएन। उनीहरूले अमेरिकाबाट मगाए।
चारजनाको टीमबाट शुरू गरेको यो कम्पनीमा अहिले १५ जना पूर्णकालीन कर्मचारी छन्। चालू आर्थिक वर्ष सकिँदा कम्पनीको कूल आम्दानी एक करोडबाट उकालो लाग्ने आकलन छ।
उनीहरूले कम्पनी शुरू गर्नुअघि काठमाडौं विश्वविद्यालय, इसीमोड, डब्लूडब्लूएफ जस्ता संस्थाहरूले ड्रोन ल्याएर प्रयोग गरिरहेका थिए। तर, सबै मान्छेमा त्यसको ज्ञान थिएन। ड्रोनको व्यावसायिक प्रयोग बुझाउनकै लागि उनीहरूले करीब डेढ वर्ष काम गर्नुपर्यो।
भौगोलिक विविधतायुक्त नेपालमा विकास निर्माणका लागि अध्ययन गर्ने मानिस नै पुग्न कठिन हुने अनकन्टार ठाउँ छन्। ती ठाउँमा नाप जाँच गरिएका तथ्यांक पनि सही रूपमा आउन सक्दैनन्। सही तथ्याङ्क बिना नै डिजाइन गरिएको परियोजनामै समस्या आउँछ। त्यसमा सुधार गर्दा थप खर्च लाग्छ। अहिले यही समस्या समाधानको ओखती झै भएको छ ड्रोन सर्वे।
हुन त उनीहरूले त्यसअघि ड्रोनको काम नगरेका होइनन्। सन् २०१४ मा नै नेपाली सेनासँग मिलेर एन्टीड्रोन सिस्टम बनाइसकेका थिए। जासुसीका लागि कुनै ड्रोन वा लडाईंमा प्रयोग हुने कुनै प्राविधिक साधन निश्चित सीमाभित्र आएको पत्ता लगाउन सक्ने र थाहा पाउनसाथ त्यसको सिस्टम कोल्याप्स गर्न सक्ने प्रविधिको अनुसन्धान उनीहरूले गरिसकेका थिए। यस्ता कामले उनीहरूमा निरन्तर आत्मविश्वास थपिएको थियो।
ड्रोनबाट गरिएको सर्भे गुणस्तरीय र प्रभावकारी हुन्छ भन्ने प्रमाणित गर्नुपर्ने चुनौती थियो उनीहरूका अगाडि। त्यसका लागि उनीहरूले चिनेजानेको कम्पनीमा सम्पर्क बढाए। त्यतिबेला सिन्धुपाल्चोकमा लिपिङ खोला जलविद्युत आयोजनाको सर्वेको काम भर्खर सकिएको थियो। उनीहरूले सोही कम्पनीमा प्रस्ताव गरे, ‘ड्रोन प्रयोग गरेर निःशुल्क सर्वे गरिदिन्छौं।’ उक्त जलविद्युत आयोजनाले ड्रोन नेपालको प्रस्ताव स्वीकार्यो।
ड्रोन नेपालले केही दिनमै आयोजनाको सर्वे भ्याइदियो। परम्परागत सर्वेका लागि महीनौं लागेको थियो। सर्वेपछि उनीहरूसँग परम्परागत विधिबाट र ड्रोन विधिबाट प्राप्त दुवै रिपोर्ट थियो। दुवै रिपोर्ट तुलना गर्दा परम्परागत विधिबाट असम्भव हुने कुरा ड्रोन सर्भेमा सम्भव हुने पुष्टि भयो। उनीहरूले यिनै दुई रिपोर्टलाई बजार प्रवर्द्धनमा प्रयोग गरे।
अब भने बजारले विस्तारै ड्रोन सर्वेको महत्त्व बुझ्न थाल्यो।
सम्बन्धित ठाउँमै इन्जिनियर पुगेर सर्वे गर्दा तीन महीना लाग्ने काम ड्रोनबाट केही हप्तामै सम्भव भयो। एक ठाउँमा ड्रोनबाट एकपटक गरिएको सर्वेको तथ्याङ्कलाई सोही ठाउँमा फरक–फरक परियोजना बनाउन पनि प्रयोग गर्न सकियो। परियोजनाको सम्भाव्यता अध्ययन र डिजाइन प्रभावकारी भयो। भीर, पाखा र खोंचमा जहाँ मान्छे पुग्न सम्भव नै छैन, त्यहाँको तथ्याङ्क पनि आउने भयो।
ड्रोन सर्भेबाट भिज्यूअल डेटा आउने भएकाले सर्वे गरिएको ठाउँमा भएका अन्य वस्तुहरू र त्यसको व्यवस्थापन योजना अफिसमै बसेर बनाउन सकिने भयो।
हुन त सर्वेमा मात्रै काम गर्ने भनेर उनीहरूले कम्पनी शुरू गरेका होइनन्। पुडासैनी भन्छन्, “ड्रोन प्रविधिको प्रयोग बढाउने अभियानमा काम गर्ने योजना हाम्रो थियो। कम्पनी बाँच्ने आधार बनाउनको लागि ड्रोन सर्वेको काम गरेका हौं। तर, हाम्रो मुख्य उद्देश्य ड्रोन र त्यससँग सम्बन्धित अन्य प्रविधिको बारेमा अध्ययन गर्ने र दैनिक जनजीवनलाई सहयोग हुन सक्ने बनाउने नै हो।”
यसैका लागि उनीहरूले निरन्तर काम गरिरहेका छन्। एक वर्षदेखि विराट नेपाल मेडिकल ट्रस्ट, नेपाल प्लाइङ ल्याब र वी रोबटिक्ससँगको सहकार्यमा प्युठान जिल्लाको स्वर्गद्वारीमा औषधि उपचारमा ड्रोन प्रयोगको सम्भाव्यता अध्ययन गरिरहेका छन्। त्यहाँका १२ वटा स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा उनीहरूले यो प्रविधिको प्रयोग गरिरहेका छन्। त्यहाँ क्षयरोगको सम्भावना भएका व्यक्तिहरूको खकार परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनुपर्थ्यो। त्यसैका लागि निकै दिन लगाएर अस्पताल पुग्नुपर्थ्यो।
यही समस्यालाई ध्यानमा राखेर १२ वटा स्वास्थ्यचौकीमा संकलन गरिएको खकारको नमूना ड्रोनबाट जिल्ला अस्पताल ल्याउने र त्यसको रिपोर्ट स्वास्थ्य चौकीमा पुर्याउने गरी ड्रोनको परीक्षण थालियो। ड्रोन उडाउन निश्चित रूट बनाइयो। ड्रोन उडाउन मोबाइलमा चल्ने एप्लिकेसन बनाइयो।
एप्लिकेसनमा रूट सेलेक्ट गरेपछि ड्रोन उडेर स्वास्थ्यचौकीमा पुग्छ। त्यहाँ संकलन गरिएको खकारको नमूना राखिएको कार्गो बक्सलाई ड्रोनमा हालेर एप्लिकेसनमा ‘ओके’ क्लिक गरेपछि ड्रोन जिल्ला अस्पताल आइपुग्छ।
विराट नेपाल मेडिकल ट्रस्टले अनुदानमा दिएको जेनएक्स्पर्ट मेसिन जिल्ला अस्पतालमा राखिएको छ। त्यहाँ खकारको नमूना हालेपछि ३० मिनेटमै नतिजा आइसक्छ। उनीहरूले यसको सफल परीक्षण गरेका छन्। यही प्रविधिलाई स्थानीयस्तरमा हस्तान्तरण गर्नका लागि पुसदेखि दोस्रो चरणको काम गरिरहेका छन् उनीहरू। अबको ४-५ महीनामा स्थानीयस्तरमै ड्रोन चलाउन सक्ने जनशक्ति तयार गरेर प्रविधि स्थानीयलाई नै जिम्मा लगाउने उनीहरूको तयारी छ।
त्यसैगरी, नोभेम्बरमा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) र बी रोबटिक्सको सहकार्यमा ड्रोन नेपालले ड्रोनलाई मानवीय सहायतामा कसरी उपयोग गर्न सकिन्छ भन्ने सिकाउन पाँच दिनको तालिम आयोजना गरेको थियो। जसमा नेपाली सेना, नेपाल प्रहरी, नागरिक उड्डयन प्राधिकरण, रेडक्रसलगायत १६ वटा संस्थाबाट ४० जनाको सहभागिता थियो।
नेपाल प्रहरीसँगको सहकार्यमा ट्रेनिङ अफ ट्रेनर तालिम पनि ड्रोन नेपालले दिएको छ। नेपाल प्रहरीले सुरक्षा प्रयोजनमा ड्रोनको प्रयोग गर्न सक्ने र अरूलाई पनि तालिम दिन सक्ने भएका छन्।
परियोजना विकासमा पनि ड्रोन नेपालले काम गरेको छ। नेपाल लगानी बोर्ड र नक्शा प्रालिसँगको सहकार्यमा उनीहरूले नुवाकोटको बञ्चरेडाँडा र समय खोल्चामा ल्यान्डफिल्ड साइट बनाउन ड्रोन सर्वे गरेका थिए। त्यहाँबाट संकलन गरिएको नक्शा र थ्रिडीमा दैनिक कति फोहोर फाल्दा कति समयमा त्यो ठाउँ भरिन्छ भनेर काठमाडौंमै बसेर विश्लेषण गर्न सकियो। त्यसरी सर्वे गरेर आएको केही महीनामै बञ्चरेडाँडामा ल्यान्डफिल्ड साइट बनाउने निर्णय भएको थियो।
खोटाङको विजयखर्कमा भूकम्पपछि वस्ती नै सार्नुपर्ने अवस्था थियो। त्यसका लागि प्रशस्त अध्ययन आवश्यक थियो। समय पनि लाग्थ्यो। ड्रोन नेपालले ड्रोनबाट सर्वे गरिदियो। त्यही सर्वेबाट आएको तथ्याङ्कको आधारमा उनीहरूले थ्रिडीमा मास्टर प्लान पनि बनाइदिए। त्यही आधारमा वस्ती सारियो।
अहिलेसम्म ड्रोन नेपालले २० वटाभन्दा बढी हाइड्रोपावरको सर्वे गरिसकेको छ। धेरैजसो परियोजनाको योजना बनाउन ड्रोन नेपालले सर्वेमा काम गरेको छ। नेपालभर ३४ वटा स्थानीय तहमा औद्योगिक ग्राम बनाउनको लागि ड्रोन नेपालले सर्वे गरिरहेको छ।
पतञ्जली योग केन्द्रले स्याङ्जामा परियोजनाको लागि सर्वे गर्न चाहेको थियो। त्यहाँ २७ हजार रोपनी जग्गामा ड्रोन नेपालले सर्वे गरेर त्यसको नाप र थ्रिडी भिडिओ हरिद्वारमा रामदेव र आचार्य बालकृष्णसमक्ष प्रस्तुत गरेका थिए। उनीहरूले भारतमै बसेर स्याङ्जामा परियोजना बनाउँदाका सजिलो वा अप्ठ्यारो पक्ष हेर्न पाएका थिए। भौगोलिक अध्ययनका लागि उनीहरू यहाँ आउनै परेन।
त्यसैगरी, भारतको नागाल्याण्डमा त्यहाँको प्रकोप व्यवस्थापन गर्ने निकायलाई विपद् व्यवस्थापनमा ड्रोन प्रयोगसम्बन्धी तालिम पनि दिए, उनीहरूले। अहिले नागाल्याण्डमा मानवीय सहयोगमा ड्रोनको प्रयोग बढेको छ।
सजिलो/अप्ठ्यारो
एक वर्षअघिसम्म नेपालमा ड्रोन चलाउन निकै झन्झट बेहोर्नुपर्थ्यो। तर, अहिले भने नीतिगत सुधार भएको छ। पुडासैनी भन्छन्, “एक दिनको सर्वे गर्ने अनुमतिका लागि ३५ दिन लाग्थ्यो। धेरैवटा निकायबाट अनुमति लिनुपर्थ्यो। अहिले यसमा सुधार भएको छ। अहिले जिल्ला तहमा अनुमति लिए पुग्छ।”
तर, ड्रोन विदेशबाट ल्याउनुपर्ने हुँदा त्यो भने निकै कठिन छ। ड्रोन ल्याए पनि त्यसमा लाग्ने ब्याट्री ल्याउन त झनै कठिन छ। कतिपय ड्रोन एकपटक उडाउनको लागि ६-७ वटा ‘लिपो ब्याट्री’ पनि लाग्छ तर, विदेशबाट जहाजमा दुईवटा भन्दा बढी ब्याट्री ल्याउन पाइँदैन।
अवसर नै अवसर
नेपालमा ड्रोन प्रविधिमा खासै काम नभएकाले सबैका लागि अवसर छ। हरेक क्षेत्रमा ड्रोन प्रयोग गर्न सकिने हुँदा प्रशस्त सम्भावना रहेको उनीहरू बताउँछन्।
तर, प्रविधि बुझेर मात्रै पनि व्यवसाय गर्न नसकिने उनीहरूको अनुभव छ। धेरै हदमा नेपालको सरकारी संयन्त्र ‘रिएक्टिभ’ भएकाले पनि आफूले पहिला काम गरेर उनीहरूलाई झकझक्याउनुपर्ने अवस्था रहेको पुडासैनीले बताए।
“सरकारले सहज बनाइदेला अनि व्यवसाय गरौंला भनेर बस्ने हो भने कहिल्यै सम्भव हुँदैन। कुनै सोच र योजना छ भने व्यवसाय शुरू गरेर नयाँ उदाहरण बनाइहाल्नु पर्छ। बाटो बनोस् अनि गाडी बनाउँला भन्ने होइन। पहिला गाडी बनाएर देखाउने अनि मलाई बाटो चाहियो भन्ने हो”, पुडासैनीले सुनाए।
तर, पूर्ण व्यावसायिक योजना बनाउन नजान्दा कतिपय स्टार्टअपहरू समस्यामा पर्ने गरेको उनले बताए। नेपाल सानो देश भए पनि यहाँ हजारौं सम्भावना रहेको तर, त्यसको पहिचान गर्न नसकिएको उनले बताए।
अबको योजना
ड्रोन सर्वेमा ड्रोन नेपाल पहिलो हो तर, एक्लैले गरेर हुँदैन भन्ने उनीहरूले पनि बुझेका छन्। पुडासैनी भन्छन्, “नेपालमा ड्रोन नेपाल जस्ता दशौं कम्पनी खुल्न आवश्यक छ। त्यसले नेपालको विकासको कामलाई गुणस्तरीय बनाउन सक्छ। त्यहीकारण सीप सिकाउने र क्षमता अभिवृद्धि गर्ने योजना बनाएका छौं।”
त्यसैगरी, ड्रोनको सकारात्मक प्रयोगमा प्रोत्साहन र नकारात्मक प्रयोगमा दुरूत्साहनको लागि पैरवी गर्ने काममा पनि उनीहरू केन्द्रित भएका छन्। त्यसैका लागि ड्रोन एशोसिएसन बनाउन पनि उनीहरूले पहल गरिरहेका छन्।
नेपालमा पशुपालनको क्षेत्रमा ड्रोनको प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा पनि उनीहरूले अध्ययन गरिरहेका छन्।
सिन्धुपाल्चोकमा पहाडबाट ठूला ढुङ्गा झरेर वस्तीमा असर गर्ने गरेको छ। त्यस्ता ठूला चट्टानको मुभमेन्ट ट्रयाकिङ गर्ने सिस्टम बनाउन पनि उनीहरूले काम शुरू गर्न लागेका छन्। समग्रमा ड्रोन प्रविधिलाई प्रोत्साहनमा उनीहरूले नेतृत्व लिने गरी काम गरिरहेका छन्।
" /> काठमाडौं। केही वर्ष अघिसम्म धेरैले सोच्थे- ड्रोन जासुसीको लागि मात्रै प्रयोग गर्ने प्रविधि हो। अरू केहीले ठान्थे- मिसाइल खसाल्नको लागि मात्रै यसको प्रयोग हुन्छ।यो धारणा बदल्ने काम गरेको छ, ड्रोन नेपालले। ड्रोन सफल व्यवसायको साधन बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेछ यो कम्पनी।

">