मनकामना मन्दिरमा पूजा गर्न रोक
गोरखा। गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजआजा गर्न रोक लगाइएको छ । कोभिड–१९ को संक्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिए।

सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको घुइँचो हुने मनकामना मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको हो। मनकामना मन्दिरमा दैनिक करीब तीन हजार ५०० भन्दा बढी भक्तजनले पूजा गर्ने गरेका छन्।

यसअघि जिल्ला सुरक्षा समितिको बैठकले पनि कोरोनाको संक्रमणबाट सुरक्षित हुन भन्दै मन्दिरमा सर्वसाधारणका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको थियो। बैठकले अर्को सूचना जारी नभएसम्मका लागि पूजा गर्न रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

अब मनकामना मन्दिरमा नित्य पूजा र साँझको आरती पूजा मात्र हुने मन्दिरका मूल पुजारी थापामगरले जानकारी दिए।

चैतेदशैँको पर्व पूजाबाहेक अन्य पूजा रोकिने मन्दिरका मुख्य पुजारी थापाको भनाइ छ। उनकाअनुसार अब बिहान सधैंजस्तो हरेक दिन नित्य पूजा र साँझमा देवीलाई आरती मात्र दिइनेछ।

यो वर्षको चैतेदशैं आउँदो १९ गते परेको छ। मन्दिरमा चैतेदशैंको बेला गुठियार भेला भएर राँगो, बोका बलि दिइने मूल पुजारी थापामगरले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्