नेपालखबर डटकमका सम्पादक ढुंगाना गम्भीर घाइते

काठमाडौं। नेपालखबर डटकमका सम्पादक कृष्ण ढुंगाना दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। कार्यालयबाट घर फर्कने क्रममा २३ असोज साँझ त्रिपुरेश्वरमा मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएको नेपालखबरले जनाएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको ढुङ्गानाको टाउकोमा गम्भीर चोट लागेको बताइएकाे छ। राति ३ बजे अप्रेशन गरिएको र अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएको नेपालखबर डट कमका प्रधान सम्पादक पूर्ण बस्नेतले जानकारी दिए । यद्यपी ढुङ्गानाको होस भने खुलिसकेको छैन । उपचारमा संलग्न चिकित्सकलाई उध्दृत गर्दै नेपालखबरले प्रकाशन गरेको समाचारमा पनि उनको अवस्था खतरामुक्त भइनसकेको उल्लेख छ ।

ढुङ्गानालाई ठक्कर दिने बा ३३ प २३७ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बाटो काट्ने क्रममा 'जेब्रा क्रस' मा मोटरसाइकलले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्