"> गड्डाचौकी बाहेकका कञ्चनपुरका सबै नाका बन्द: Dekhapadhi
गड्डाचौकी बाहेकका कञ्चनपुरका सबै नाका बन्द
कैलाली। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतसँग सीमा जोडिएको गड्डाचौकी बाहेकका अन्य सबै नाकाहरूबाट हुने आवागमनलाई तत्काल बन्द गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाको अध्यक्षतामा आज बसेको सुरक्षा निकाय र सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले गड्डाचौकी नाकामा गरिने स्वास्थ्य जाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, उक्त नाकाबाट सवारीसाधनको आवतजावतलाई तत्काल रोक्ने र पैदल नेपाल भित्रिने सबै यात्रीहरूको विवरण टिपोट गरेर थप स्वास्थ्य सल्लाह पछिमात्र नेपाल भित्रिन सक्ने व्यवस्था मिलाउने निर्णय गरेकाे हाे।

त्यस्तै गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका नेपाली नागरिकहरुलाई आफ्नो गन्तव्यमा पुगिसकेपछि यथाशिघ्र सो स्थानमा रहेको स्वास्थ्य संस्थामा जाँच गराउन सल्लाह दिने पनि निर्णय गरेको छ।

महाकाली अस्पतालमा आइसोलेसन वार्ड, आवश्यक उपकरण र स्वास्थ्यकर्मीसमेत तयारी अवस्थामा राख्ने निर्णय भएको छ।

भीमदत्त नगरपालिका-४ स्थित सीएमए छात्रावास भवन र जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई तत्काल स्वारेन्टाइन स्थलको रूपमा प्रयोग गर्न सकिने गरी मर्मत संभार गरी तयारी हालतमा राख्न आवश्यक बजेट व्यवस्थाको लागि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्