काठमाडौं। फेसबुकलगायतका सामाजिक सञ्जालमा कोभिड–१९ को बिरामी भेटिएको भन्ने अफवाहप्रति नर्भिक इन्टरनेशनल हस्पिटलले ध्यानाकर्षण भएको जनाएको छ।
अस्पतालले संकटका बेला भ्रामक सूचना संप्रेषण नगर्न आग्रह गरेको छ। विश्व समुदायको नै चुनौती बनेको कोरोना भाइरस संक्रमण भित्रन नदिन राज्य जुटिरहेको संवेदनशील अवस्थामा सबै निकाय एक भई समस्याको समाधानमा जुट्नुपर्ने बेला यस्ता भ्रामक सूचना आउनु खेदपूर्ण भएको भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्न पनि अस्पतालले माग गरेको छ।
अस्पतालका नायव महाप्रबन्धक एवं प्रवक्ता आर पी मैनालीले उपचाररत कुनै पनि बिरामीमा कोरोना भाइरसको लक्षण नदेखिएको स्पष्ट पारेका छन्। उनले अस्पतालले कोरोना संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको स्पष्ट पारेका छन्।
सरकारले अनुमति दिएको अवस्थामा कोरोना संक्रमणको परीक्षण गर्न सक्ने गरी तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए। उनका अनुसार अस्पतालले सामान्य ज्वरो आएका बिरामीलाई राख्ने गरी छुट्टै व्यवस्था गरेको छ।
केही दिनदेखि सामाजिक सञ्जालमा ‘नेपालमा कोरोना भित्रिसकेको, केहीमा संक्रमण भएको र केहीको मृत्यु समेत भएको तर सरकारले त्यसलाई लुकाएको’ भनेर अफवाह फैलाउने गरी अडियो भाइरल भइरहेको छ। त्यसमा नर्भिक अस्पतालमा कोभिड–१९ का बिरामी भेटिएको भन्दै भ्रामक सूचना फेसबुकलगायतमा संप्रेषण भएको छ।
नेपालमा कोरोना भित्रिएको अफवाह फैलाउने गरी सामाजिक सञ्जालमा भाइरल भइरहेको अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ।
" /> काठमाडौं। फेसबुकलगायतका सामाजिक सञ्जालमा कोभिड–१९ को बिरामी भेटिएको भन्ने अफवाहप्रति नर्भिक इन्टरनेशनल हस्पिटलले ध्यानाकर्षण भएको जनाएको छ।अस्पतालले संकटका बेला भ्रामक सूचना संप्रेषण नगर्न आग्रह गरेको छ। विश्व समुदायको नै चुनौती बनेको कोरोना भाइरस संक्रमण भित्रन नदिन राज्य जुटिरहेको संवेदनशील अवस्थामा सबै निकाय एक भई समस्याको समाधानमा जुट्नुपर्ने बेला यस्ता भ्रामक सूचना आउनु खेदपूर्ण भएको भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्न पनि अस्पतालले माग गरेको छ।

">