काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा सरकारसँगै रहेको जनाएको छ।
कोभिड-१९ विरुद्ध सरकारले अघि सारेका रणनीतिहरूको पालना गर्ने प्रतिबद्धता जनाउँदै कांग्रेसले यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरसविरुद्धको लडाइँका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताए। उनले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणका कामहरू समेत पार्टीले तत्कालका लागि स्थगित गरेको जानकारी दिएका छन्। चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नवीकरणका कामहरू रोकिएको उनकाे भनाइ छ।
कोभिड-१९ विरुद्ध सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताए।
सरकारले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ९-२१ चैतसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, १० चैतबाट लामो दूरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ।
यसैगरी १८ चैतसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवासमेत बन्द गर्ने निर्णय गरेको छ।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा सरकारसँगै रहेको जनाएको छ।कोभिड-१९ विरुद्ध सरकारले अघि सारेका रणनीतिहरूको पालना गर्ने प्रतिबद्धता जनाउँदै कांग्रेसले यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएको छ।

">