काठमाडौं। नेपाल प्रहरीले कोरोना भाइरस (कोभिड-१९) का विषयमा भ्रामक जानकारी दिने र अफवाह फैलाउने जोकोहीलाई कानूनी दायरामा ल्याइने जनाएको छ।
फेसबुक मेसेन्जरमा एकजना पुरुष व्यक्तिको आवाज रहेको अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिसकेको भन्ने भ्रामक विषय भाइरल भएपछि नेपाल प्रहरीले यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरीले आफ्नो फेसबुक पेज, ट्वीटरमा आधिकारिक धारणा सार्वजनिक गर्दै यसमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाईसकिएको जानकारी दिएको छ।
भाइरल गरिएको अडियोका सम्बन्धमा केही पेज र फेसबुक ग्रुपहरूमा समेत स्क्रिनसट र भिडियोहरू सम्प्रेषण भइरहेका विषयमा धेरै व्यक्तिहरूले जानकारी दिएकोमा प्रहरीले धन्यवादसमेत दिएको छ।
प्रहरीले यस विषयमा अस्पतालसँग जानकारी माग गर्दा र बुझ्दासमेत उक्त खबरमा कुनै सत्यता नरहेको भन्दै भ्रममा नपर्न भनेको छ।
प्रहरीले यस्ता गतिविधिहरू प्रचलित ऐन कानूनअनुसार दण्डनीय भएको र मुलुकी अपराध संहिताअनुसार झुट्ठा अफवाह फैलाए एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने र त्यसका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजाय समेत हुने प्रष्ट पारेको छ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्तिविरुद्धका कसूर’ अन्तर्गत कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफवाह फैलाउन/प्रचारप्रसार गर्न वा नारा जुलुस गर्न नहुने, उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।
" /> काठमाडौं। नेपाल प्रहरीले कोरोना भाइरस (कोभिड-१९) का विषयमा भ्रामक जानकारी दिने र अफवाह फैलाउने जोकोहीलाई कानूनी दायरामा ल्याइने जनाएको छ।फेसबुक मेसेन्जरमा एकजना पुरुष व्यक्तिको आवाज रहेको अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिसकेको भन्ने भ्रामक विषय भाइरल भएपछि नेपाल प्रहरीले यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

">