काठमाडौं। कोभिड-१९ का कारण फुटबल गतिविधि ठप्प भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन घर फर्किन लागेका छन्।
अखिल नेपाल फुटबल संघले ४ चैतबाट आफ्नो सम्पूर्ण फुटबल गतिविधि स्थगन गरेको थियो। एन्फाले आफ्नो सचिवालयसहित सम्पूर्ण गतिविधि स्थगित गरेका कारण मुख्य प्रशिक्षक कालिन स्विडेन फर्किन लागेका हुन्। कालिन आजै स्वदेश फर्किन लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।
“अब देशको अवस्था सामान्य भएपछि मात्र उहाँ फर्कनुहुन्छ”, एन्फा महासचिव तुलाधरले भने। तुलाधरले कालिनसँगको सम्झाैतामा कुनै फरक नपर्ने बताए। उनले थपे, “यो विपतका कारण फुटबल गतिविधि रोकिएका कारण उहाँ फर्किन लाग्नु भएको हो। उहाँसँगको सम्झाैता यथावत् रहन्छ।”
प्रशिक्षक कालिनले नेपालमा खेलकुद गतिविधि नभएको अवस्थामा परिवारसँग समय बिताउन स्वदेश फर्किन लागेको बताए।
“स्वदेश फर्किएपछि सेल्फ क्वारेन्टाइनमा बस्नेछु। त्यसपछि परिवारसँग राम्रो समय व्यतित गर्नेछु”, राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कालिनले भने, “यो विपतको अवस्थामा परिवारभन्दा ठूलो केही हुँदैन। खेलाडीहरूलाई पनि परिवारसँग समय बिताउन आग्रह गर्छु।”
कालिन आज साँझ ४ बजे कतार एअरवेजको विमानबाट स्वीडेन फर्किंदै छन्। एन्फाले राष्ट्रिय टीमको प्रशिक्षण भने २३ फागुनबाट बन्द गरेको थियो।
" /> काठमाडौं। कोभिड-१९ का कारण फुटबल गतिविधि ठप्प भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन घर फर्किन लागेका छन्।अखिल नेपाल फुटबल संघले ४ चैतबाट आफ्नो सम्पूर्ण फुटबल गतिविधि स्थगन गरेको थियो। एन्फाले आफ्नो सचिवालयसहित सम्पूर्ण गतिविधि स्थगित गरेका कारण मुख्य प्रशिक्षक कालिन स्विडेन फर्किन लागेका हुन्। कालिन आजै स्वदेश फर्किन लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।

">