काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्नका लागि एकताबद्ध हुन अपिल गरेको छ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सिंगो राष्ट्र एकताबद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाले अपिल गरेको हो।
नेपालमा अहिलेसम्म कोरोना भाइरको संक्रमण नदेखिए पनि जोखिमबाट भने मुक्त नरहेको नेकपाले जनाएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार, राजनीतिक पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था र नागरिक सबैलाई एकताबद्ध भएर जोखिमबाट देशलाई बचाउन आग्रह गरे।
कोरोना भाइरसविरुद्ध लड्न सरकारलाई आवश्यक निर्णयका लागि पार्टीले सुझाव दिएको र सरकारले गरेका निर्णयहरू कार्यान्वयनका लागि सहजीकरण गरिरहेको उनले बताए।
प्रवक्ता श्रेष्ठले जनचेतना विस्तारका लागि पार्टीले युवा, विद्यार्थी र चिकित्सक संगठनहरूलाई हजारौँको संख्यामा स्वयंसेवक तयार गर्न निर्देशन दिएको पनि उनले जानकारी दिए।
" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्नका लागि एकताबद्ध हुन अपिल गरेको छ।विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न सिंगो राष्ट्र एकताबद्ध भएर सरकारी निर्णयको कार्यान्वयनमा सहयोग गर्न नेकपाले अपिल गरेको हो।

">