काठमाडौं। कोभिड-१९ को जोखिमबाट बच्नका लागि ‘सेल्फ आइसोलेसन’मा बस्न सरकारले गरेको आग्रहलाई अटेर गरेका रियाल मड्रिडका फरवार्ड लुका जोभिचले कुनै पनि सजाय भोग्न तयार भएको बताएका छन्।
कोरोना भाइरस संक्रमणका कारण स्पेनिस ला लिगा स्थगित भएपछि जोभिच सर्विया फर्किएका थिए। २२ वर्षे फरवार्ड जाेभिचलाई स्थानीय सरकारले ‘सेल्फ आइसोलेसन’मा बस्न अनुरोध आग्रह गरेको थियो। तर, जोभिच आफ्नो गर्लफ्रेन्डको बर्थडे पार्टीमा तथा बारम्बार सडकमा देखिएका थिए।
जोभिचले स्थानीय नियमबारे आफूलाई जानकारी नरहेका कारण घरबाट बाहिर निस्केको बताएका थिए। तथापि अहिले उनले आफू सजाय भोग्न तयार रहेको बताएका छन्।
“इटली तथा म आएको देशमा पनि क्वारेन्टाइनमा बसेकाहरू दिनको एकपटक घरबाट बाहिर फार्मेसी तथा पसलमा निस्कन पाउँछन्। यहाँ पनि त्यस्तै होला भन्ने लाग्यो”, जोभिचले भने, “राम्रोसँग सोधपुछ नगर्नु मेरो कमजोरी हो। त्यसैले विदेशबाट आउनेहरूलाई यस विषयमा राम्रोसँग सूचित गराउनुपर्छ। मेरो लापरवाहको दोष म यहाँका अधिकारीहरूलाई दिन चाहन्न। मैले गरेको गल्तीको सजाय भोग्न म तयार छु।”
रियालमा पहिलो सिजन जोभिच संघर्ष गरिरहेका छन्। उनले २४ खेलमा दुई गोल गरेका छन्। उनी गत जुनमा इन्ट्राचट फ्रांकफर्टबाट रियाल गएका हुन्।
" /> काठमाडौं। कोभिड-१९ को जोखिमबाट बच्नका लागि ‘सेल्फ आइसोलेसन’मा बस्न सरकारले गरेको आग्रहलाई अटेर गरेका रियाल मड्रिडका फरवार्ड लुका जोभिचले कुनै पनि सजाय भोग्न तयार भएको बताएका छन्।कोरोना भाइरस संक्रमणका कारण स्पेनिस ला लिगा स्थगित भएपछि जोभिच सर्विया फर्किएका थिए। २२ वर्षे फरवार्ड जाेभिचलाई स्थानीय सरकारले ‘सेल्फ आइसोलेसन’मा बस्न अनुरोध आग्रह गरेको थियो। तर, जोभिच आफ्नो गर्लफ्रेन्डको बर्थडे पार्टीमा तथा बारम्बार सडकमा देखिएका थिए।

">