विवेक थापा मगरलाई पक्राउ गरेको थियो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी शैलेशथापा क्षेत्रीले उनको समूहमा अन्य व्यक्तिहरूसमेत हुन सक्ने भन्दै अनुसन्धान भइरहेको जानकारी दिए।
“पक्राउ गरेर भर्खरै उनलाई साइबर ब्यूरोमा ल्याइपुर्याएका छौं”, प्रवक्ता क्षेत्रीले भने, “यस विषयमा हामीले थप अनुसन्धान गरिरहेका छौं।” ती युवाले www.jhorle.com नामको अनलाइन सञ्चालन गर्दै आएको खुलेको छ। आफूले पाएको सूचनाकै आधारमा अडियो रेकर्ड गरेर सबैलाई पठाएको उनले प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन्।
अडियो भाइरल भएपछि नेपाल प्रहरीले साइबर ब्यूरोलाई यसका बारेमा अनुसन्धान गर्न निर्देशन दिएको थियो। साइबर ब्यूरोले अनुसन्धान थालेको ६ घण्टाभित्रमा नै संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो।
प्रहरीले पक्राउ परेकाविरुद्ध झुट्ठा अफवाह फैलाएको र विद्युतीय अपराध ऐन अन्तर्गत मुद्दा चलाउने जनाएको छ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भेटिएको छैन्। तर, सामाजिक सञ्जालमा भने काठमाडौंको एक अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भेटिएको भन्दै अफवाह फैलाइएको छ।
" /> विवेक थापा मगरलाई पक्राउ गरेको थियो।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी शैलेशथापा क्षेत्रीले उनको समूहमा अन्य व्यक्तिहरूसमेत हुन सक्ने भन्दै अनुसन्धान भइरहेको जानकारी दिए।

">