सुदूरपश्चिमका हाेटल व्यवसायीकाे घाेषणा- ‘होटलका कोठालाई आइसोलेसन कक्ष बनाउन तयार छाैं’

कैलाली। होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिमले विषम् परिस्थितिमा प्रदेशभरका होटल व्यवसायीहरू होटलका कोठालाई आइसोलेसन कक्ष बनाउन तयार रहेको जनाएको छ।

महासंघले आज विज्ञप्ति जारी गर्दै कोभिड-१९ काे महामारी फैलिएका बेला आवश्यक परे सम्पूर्ण होटलका बेडलाई आइसोलेसन कक्षका लागि दिन तयार रहेको जनाएको हाे।

महासंघका अध्यक्ष दीपकबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशभरका होटलहरूलाई भीडभाड हुने तालिम, सेमिनार, जन्मदिन तथा पार्टीहरू आयोजना नगर्न समेत अनुरोध गरिएको छ।

‘होटल व्यवसायी महासंघ केन्द्रीय कार्यालयको ८ चैतको निर्णयअनुसार हामीले हाम्रो तर्फबाट गर्न सकिने अन्य सहयोग र समन्वयका लागि सदैव तत्पर रहेको व्यहोरा समेत सम्बन्धीत सरोकारवालाहरुलाई जानकारी गराउँदै यस कठिन परिस्थितिमा सरकारलाई सघाउन तयार छौं’, विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्