सेनाले भन्यो- ‘हेलिकप्टरबाट औषधि छर्कने हल्ला भ्रामक’ <p>काठमाडौं। &lsquo;हेलिकप्टरबाट कोभिड&ndash;१९ विरुद्धको कीटनाशक औषधि छर्कने&rsquo; भन्ने हल्लाप्रति नेपाली सेनाले ध्यानाकर्षण भएको जनाएको छ।</p> <p>नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर आकाशबाट कोरोना भाइरसविरुद्धको कीटनाशक औषधि छर्कने र रातिमा कसैलाई बाहिर ननिस्कन आग्रह गरेको अडियो विभिन्न सामाजिक सञ्जालहरूमा भाइरल भएको छ।</p> <p>अहिलेको संवेदनशील अवस्थामा भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेनाले सबैमा आग्रहसमेत गरेको छ।</p> <p>सेनाले एक विज्ञप्ति जारी गर्दै कोभिड&ndash;१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै आन्तरिक तयारी गरिरहेको भए पनि हेलिकप्टरबाट कीटनाशक औषधि छर्कने कुनै योजना नभएको स्पष्ट पारेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्