काठमाडौं। बेलायतको लन्डनमा एकजना नेपालीको कोभिड-१९ बाट मृत्यु भएको छ। लन्डनमा बस्दै आएका पूर्वब्रिटिश गोर्खा सैनिककाे कोभिड-१९ बाट मृत्यु भएको बताइएको छ।
फ्रान्समा बस्दै आएका पत्रकार ददी सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा संखुवासभाको खाँदाबारी-१० स्थायी ठेगाना भई हाल लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मृत्यु भएको उल्लेख गरेका छन्।
नेपाल पत्रकार महासंघ, यूकेका अध्यक्ष नरेश खपांगीले देखापढीसँग पूर्वगोर्खा सैनिक राईको ४ चैतमा मृत्यु भएको बताए। उनका अनुसार चार दिन पहिले नै मृत्यु भएका राईको मृत्युको कारण कोभिड-१९ भएको अहिले आएर खुलाइएको हो।
७ चैतमा मात्र अस्पतालले राईका परिवारलाई मृत्युकाे कारणबारे जानकारी दिएकाे हाे।
" /> काठमाडौं। बेलायतको लन्डनमा एकजना नेपालीको कोभिड-१९ बाट मृत्यु भएको छ। लन्डनमा बस्दै आएका पूर्वब्रिटिश गोर्खा सैनिककाे कोभिड-१९ बाट मृत्यु भएको बताइएको छ।

">