काठमाडौं। कोभिड-१९ को महामारीबाट जोगिन सरकारले क्याम्पस, स्कुल बन्ददेखि लामो दूरीको यातायातमा रोक लगाएको छ। यो संक्रमण फैलिन नदिन जनताको तहबाट पनि त्यत्तिकै सचेतना अपनाउन जरुरी छ। संक्रमित एकजना व्यक्तिबाट पनि सयौं मानिसहरूमा भाइरस फैलिने खतरा भएकाले हरेकले व्यक्तिगतरूपमा सचेतना अपनाउन जरुरी छ। तर, त्रसित हुन भने जरुरी छैन। हुन त कोभिड-१९ को महामारी फैलिएपछि धेरैलाई यसबारे जिज्ञासा जागेको हुन सक्छ। कोरोना भाइरस, कोभिड-१९ र यसबाट बच्ने उपायबारे विश्व स्वास्थ्य संगठन र चीनको ‘वीडक्टर डिजिटल जनरल हस्पिटल’ले तयार पारेको सामग्रीको आधारमा यो प्रश्नोत्तर तयार गरिएको छ।
कोरोना भाइरस के हो ?
कोरोना भाइरस प्रकृतिमा पाइने भाइरसमध्ये एक हो। कुन न्युक्लिक एसिडबाट बनेको छ भन्ने आधारमा भाइरसलाई दुई भागमा बाँडिन्छ- डिएनए र आरएनए। कोरोना भाइरस आरएनए भाइरस हो अर्थात् यो राइबोन्युक्लिक एसिडबाट बनेको हुन्छ। इलेक्ट्रोनिक माइक्रोस्कोपमा हेर्दा ताजजस्तो (क्राउन) देखिने भएकाले यसलाई कोरोना भाइरस नाम दिइएको हो। यो भाइरसले मेरुदण्ड भएका जीवलाई मात्र संक्रमण गर्छ। यो मानिस र अन्य जनावरका थुप्रै रोगको कारक हो। यसले मानिस र जनावरहरूको श्वास नली, आन्द्रा र स्नायु प्रणालीमा असर पुर्याउन सक्छ। नबिर्सौं, कोरोना भाइरसका विभिन्न प्रकार हुन्छन्।
कोरोना भाइरसको भौतिक र रासायनिक विशेषता के हुन् ?
यी भाइरस ताप अगाडि संवेदनशील हुन्छन्। ५६ डिग्री सेल्सियसको तापक्रममा ३० मिनेटसम्म तताउँदा यी निस्क्रिय हुन्छन्। त्यस्तै ७५ प्रतिशत इथानोल (जुन स्यानिटाइजरमा हुन्छ) ले पनि निस्क्रिय बनाउन सकिन्छ।
मानिसलाई संक्रमण गर्ने कोरोना भाइरसहरू के–के हुन् ?
अहिले नोबल कोरोना भाइरस पत्ता लाग्नुभन्दा पहिला ६ प्रकारका कोरोना भाइरस पत्ता लागेका थिए जसले मानिसलाई संक्रमित बनाउँथे। तीन हुन्- HCoV-229E, HCoV-OC43, SARS-CoV, HCoV-NL63, HCoV-HKU1 / MERS-CoV। यीमध्ये चारवटा मानिसको शरीरमा पाइन्थे तर, तिनले रुघा र सामान्य श्वासप्रश्वास समस्या बाहेक अन्य जटिल रोग लगाउँदैनथे। अरू दुईवटा भने सार्स (सिभर एक्युट रेस्पिरटरी सिन्ड्रोम) कोरोना भाइरस र मर्स (मिडल इस्ट रेस्पिरटरी सिन्ड्रोम) कोरोना भाइरस हुन्। यिनले भने महामारी नै निम्त्याएका थिए।
नोबल कोरोना भाइरस चाहिँ के हो ?
नोबल कोरोना भाइरस २०१९ को डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान शहरमा फेला परेको थियो। यसले श्वासप्रश्वास प्रणालीलाई संक्रमण गर्छ। यो कोरोना भाइरसको समूहमा फेला परेको नयाँ ‘स्ट्रेन’ हो। उत्परिवर्तन (म्युटेसन) बाट विकास हुने नयाँ खालको भाइरसलाई त्यो समूहको ‘स्ट्रेन’ भनिन्छ। यो भाइरस यसभन्दा पहिले मानव शरीरमा फेला परेको थिएन। यसलाई विश्व स्वास्थ्य संगठनले दिएको नाम हो- 2019-nCov। र, यसको संक्रमणले लाग्ने रोगको नाम हो, कोभिड-१९।
यो भाइरस कसरी सर्छ ?
कसैको शरीरमा नोबल काेरोना भाइरस छ भने अरूलाई सर्न सक्छ। यी भाइरस थुक, सिंगान, र्यालका थोपामा हुन्छन्। शरीरमा भाइरस भएका व्यक्तिले खोक्दा, बोल्दा, हाँच्छ्यु गर्दा थुकका छिटासँगै भाइरस बाहिर आउँछन्। ती छिटाहरूमा भएका भाइरस जुनसुकै वस्तुको सतहमा पनि बस्न सक्छन्। ती त्यहाँ पुग्नासाथ निस्क्रिय हुँदैनन्। यदि अरू मानिसले ती छिटा परेका ठाउँमा छोएर त्यो हात आफ्नो आँखा, नाक वा मुखमा लगे भने भाइरस शरीरमा प्रवेश गर्छन्। त्यसैले कुनै पनि मानिससँग भेट्दा, कुराकानी गर्दा कम्तीमा एक मिटर (तीन फिट) दूरी कायम गर्न जरुरी छ। बारम्बार साबुनपानीले हात धुँदा झुक्केर भाइरस भएको सतह छोइएको भए पनि संक्रमणको जोखिम रहँदैन। साबुनपानी उपलब्ध नभएको ठाउँमा ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न सकिन्छ। तर, रक्सी होइन। रक्सीले भाइरसलाई निस्क्रिय गर्दैन।
के भाइरस हावाबाट सर्छ ?
सास फेर्दैमा यो भाइरस हावाबाट भने सर्दैन। शरीरमा भएका थुक, र्यालका छिटाबाट मात्र यो सर्छ।
कोभिड-१९ का लक्षण कस्ता हुन्छन् ?
उच्च ज्वरो, कमजोरी र सुख्खा खोकी यसका मुख्य लक्षण हुन्। नाक अवरुद्ध हुने, रुघा लाग्ने जस्ता लक्षण कसै-कसैमा मात्र देखिन्छ। करीब आधाजसो संक्रमितमा एक हप्तापछि श्वासप्रश्वासमा कठिनाइ भएको र कसैलाई जटिल श्वासप्रश्वास समस्या भएको पाइएको छ। केही मानिसहरू संक्रमित हुँदा पनि लक्षण नदेखिने, अप्ठ्यारो महसुस नहुने भएको पनि पाइएको छ। तथापि ८० प्रतिशत संक्रमित विशेष उपचारबिना नै निको भएका छन्। कोभिड-१९ का ६ जना रोगीमध्ये एकजना गम्भीर बिरामी हुने गरेका छन्। वृद्धावस्थाका, उच्च रक्तचापका, मुटु, मधुमेह जस्ता जटिल रोगका रोगीमा यसको असर बढी पर्ने गरेको छ।
के नोबल कोरोना भाइरसको कुनै भ्याक्सिन छ ?
अहिलेसम्म यसको भ्याक्सिन पत्ता लागिसकेको छैन।
संक्रमणको जोखिममा परेका व्यक्तिलाई किन १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्छ ?
नोबल कोरोनाभाइरसको संक्रमण भयो भने त्यसको लक्षण देखिने समय (इन्कुबेसन पिरियड) १४ दिन हो। त्यसैले संक्रमित व्यक्तिसँग नजिक भएका व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि मात्र संक्रमित भए, नभएको थाहा हुन्छ। उसलाई क्वारेन्टाइनमा राखिएन भने उनको शरीरमा कोरोना भाइरस पसिसकेको छ भने अरूलाई पनि संक्रमण हुने खतरा हुन्छ।
कोरोना भाइरस संक्रमित व्यक्तिको नजिक पुगेको वा संक्रमण फैलिएको ठाउँबाट आउनुभएको छ भने तपाईंले के गर्नुपर्छ ?
तपाईंले घरमै क्वारेन्टाइनमा बसेर आफूलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्दा उपयुक्त हुन्छ। आत्तिइहाल्न जरुरी छैन। घरमै बस्नुहोस्। आफू बसेको कोठामा अरुलाई आउन नदिनुहोस्। सकेसम्म बाथरुम पनि छुट्टै प्रयोग गर्नुहोस्। वा प्रयोग गरिसकेपछि राम्रोसँग सफा गर्नुहोस्। र, नियमित स्वास्थ्य जाँच गराउनुहोस्। ज्वरो वा खोकीजस्ता लक्षण देखिइहाले रगत परीक्षण गराउनुहोस्।
के कोभिड-१९ को उपचार सम्भव छ ?
विश्व स्वास्थ्य संगठनले यो रोगका कारण श्वासप्रश्वास समस्या देखिएका रोगीको उपचार कसरी गर्ने भन्ने निर्देशिका बनाएको छ। अहिले नै नोबेल कोरोना भाइरस संक्रमणको उपचार पत्ता लागिसकेको छैन। तर, एन्टिभाइरल औषधि र सार्सको उपचारका लागि प्रयोग भएका तथा अन्य निमोनियाका औषधिको प्रयोगले चीन र इटलीलगायत विभिन्न देशमा उपचार भइरहेछ। कोभिड-१९ कै औषधि पत्ता नलागे पनि यो रोगका कारण मृत्यु हुने दर भने निकै कम छ।
नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन के गर्न सकिन्छ ?
सरकारले संक्रमण नफैलियोस् भनेर लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै २५ जनाभन्दा बढी जम्मा नहुन र अत्यावश्यक कामभन्दा बाहिर ननिस्कन अनुरोध गरेको छ। विद्यालय, विश्वविद्यालयहरू बन्द गरिएका छन्। व्यक्तिगतरूपमा हामीले गर्ने अभ्यासले संक्रमण भित्रिन र फैलिन नदिन धेरै सघाउँछ। त्यसको सजिलो उपाय हो, सकेसम्म घरबाहिर जाँदै नजाने। जानैपरे भीडभाडमा नजाने। मास्क लगाउने।
मास्क लगाउने, प्रयोग गर्ने, फुकाल्ने र नष्ट गर्ने कसरी ?
१.कपडाले बनाइएका साधारण खालका मास्क प्रभावकारी हुँदैनन्। त्यसैले सर्जिकल मास्क वा बजारमा पाइने एन–९५ मास्क मात्र प्रयोग गर्नुहोस्।
२. मास्क लगाउनुभन्दा पहिले साबुनपानीले हात धुनुहोस्।
३. मास्क लिएर च्यातिए वा प्वाल परेको छ कि हेर्नुहोस्।
४. कडावाला भाग (धातु भएको) नाकपट्टि पार्नुहोस्।
५. सर्जिकल मास्क लगाउँदा नीलो पट्टिको भाग बाहिर पार्नुहोस्।
६. शुरूमा नाक, मुख ढाकिने गरी मास्क लगाउनुहोस्। र, कडा भाग थिचेर नाकको आकारसँग मिलाई टम्म बन्द गर्नुहोस्।
७. मास्कको तल्लो भागले चिउँडोसम्म ढाकिने गरी तल तान्नुहोस्।
८. प्रयोग गरिसकेपछि फुकाल्ने बेला कानको पछाडिबाट समाएर निकाल्नुहोस्। नाक, मुख ढाकिएको भाग नछुनुहोस्।
९. डस्टबिनमा तुरुन्तै फाल्नुहोस्।
१०. तुरुन्तै साबुन पानीले हात धुनुहोस्।
सरकारले संक्रमण नफैलिहालोस् भनेर के गर्न सक्छ ?
संक्रमित व्यक्ति भए जति छिटो फेला पर्यो त्यति संक्रमण फैलिने जोखिम कम हुन्छ। त्यसैले सरकारले लक्षण देखिएका व्यक्तिको जाँच गर्ने, उनीहरूलाई आइसोलेसनमा राख्नेजस्ता विधिलाई प्रभावकारी बनाउनुपर्छ।
(प्रस्तुतिः लक्ष्मण श्रेष्ठ)
" /> काठमाडौं। कोभिड-१९ को महामारीबाट जोगिन सरकारले क्याम्पस, स्कुल बन्ददेखि लामो दूरीको यातायातमा रोक लगाएको छ। यो संक्रमण फैलिन नदिन जनताको तहबाट पनि त्यत्तिकै सचेतना अपनाउन जरुरी छ। संक्रमित एकजना व्यक्तिबाट पनि सयौं मानिसहरूमा भाइरस फैलिने खतरा भएकाले हरेकले व्यक्तिगतरूपमा सचेतना अपनाउन जरुरी छ। तर, त्रसित हुन भने जरुरी छैन। हुन त कोभिड-१९ को महामारी फैलिएपछि धेरैलाई यसबारे जिज्ञासा जागेको हुन सक्छ। कोरोना भाइरस, कोभिड-१९ र यसबाट बच्ने उपायबारे विश्व स्वास्थ्य संगठन र चीनको ‘वीडक्टर डिजिटल जनरल हस्पिटल’ले तयार पारेको सामग्रीको आधारमा यो प्रश्नोत्तर तयार गरिएको छ।कोरोना भाइरस के हो ?

">