कोभिड-१९ सँग जुध्न लेवनडस्की दम्पतीले गरे १० लाख यूरो सहयोग

काठमाडौं। बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवनडस्की र उनकी पत्‍नी अन्नाले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न १० लाख यूरो रकम सहयोग गरेका छन्।

उनका सहयात्री लियोन गारेट्जका र जोसुवा किमिचले पनि महामारीविरुद्ध जुटेर लडौँ भन्दै कोष खडा गर्नका लागि आह्वान गर्दै १० लाख यूरो सहयोग गरेका छन्।

म्यानचेस्टर सिटीका विंगर लोरी सानेले पनि रकम सहयोगका लागि आह्वान गरेका छन्।

‘‘हामी सबै कठिन परिस्थितीमा छौं,’’ लेवनडस्कीले भने, ‘‘हामी सबै जुट्यौँ भने यो लडाईमा बलियो हुनेछौं। हामी सबैलाई सहयोग गर्न सक्छौं भने किन नगर्ने? यतिबेला हामी सबै प्रभावित भएका छौं। त्यसैले सहि सूचनाको पालना गरौं र जिम्मेवार बनौं।’’

किमिचले सबैले सानो-ठूलो रकम सहयोग गर्न सकिने बताए।

‘‘हामी सबै एक ठाँउमा उभियौं भने बलियो हुनेछौं। एक अर्कालाई सहयोग गर्‍यौं भने यो विपतबाट पार पाउन सहज हुनेछ,’’ किमिचले भने।

यसअघि एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले पनि सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्