अर्जेन्टिनाका फरवार्ड डिबाला र इटालीका पूर्वकप्तान पाउलोलाई कोरोना भाइरस संक्रमण

काठमाडौं। युभेन्टस तथा अर्जेन्टिनाका फरवार्ड पाउलो डिबाला र इटालीका पूर्वकप्तान पाउलो माल्दिनीमा पनि कोभिड-१९ पोजेटिभ देखिएको छ।

डिबालाले सामाजिक सञ्‍जाल इन्स्टाग्राममा आफू र आफ्नो गर्लफ्रेण्डलाई भाइरस देखिएको तर दुवैजनाको स्वास्थ्य ठिक रहेको बताएका छन्।

‘‘ओरिएना र म दुबैमा भाइरस पोजेटिभ देखिएको छ,’’ २६ वर्षे डिबालाले भने, ‘‘भाग्यवस हाम्रो स्वास्थ्य ठिक अवस्थामा छ।’’

डिबाला कोरोना भाइरस संक्रमण हुने तेस्रो युभेन्टस खेलाडी हुन्। यसअघि ड्यानिल रूगानी र ब्लाइसी माटौडीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो।

उनको गर्लफ्रेण्ड ओरिएना सबाटिनी अर्जेन्टिनाका नायिका एवं गायिका पनि हुन्। उनी १९९० का युस च्याम्पियन ग्राब्रिएला साबाटिनीकी भान्जी हुन्।

एसी मिलानका प्राविधिक निर्देशक माल्दिनी र उनको छोरा ड्यानियललाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

क्लबले दुबैको स्वास्थ्य ठिक रहेको जनाएको छ। १८ वर्षे ड्यानियल एसी मिलानको पहिलो टीमबाट खेल्छन्।

मिलानले दुवैजना घरमै सेल्फ आइसोलेसनमा बसेको र अब पूर्ण रूपमा ठिक नहुँदासम्म क्वारेनटाइनलमा राख्ने जनाएको छ।

इटालीमा कम्तिमा ३ अप्रिलसम्मका लागि सम्पूर्ण खेल गतिविधि स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्