कोभिड-१९ को संक्रमणबाट रियाल मड्रिडका पूर्वअध्यक्ष सान्जको मृत्यु

काठमाडौं। कोभिड-१९ को संक्रमणबाट रियाल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको हिजो, ८ चैतमा अस्पतालमा मृत्यु भएको छ।

७६ वर्षे सान्ज सन् १९९५ देखि २००० सम्म रियालका अध्यक्ष थिए। उनको कार्यकालमा रियालले दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

'मेरो बुबाको भर्खरै निधन भयो,' सान्जका छोरा लोरेन्जो सान्ज डुरानले ट्वीटरमा लेखेका छन्, 'मैले जीवनमा देखेकोमध्ये उहाँ सर्वश्रेष्ठ साहसी, कडा परिश्रम गर्ने व्यक्तिमध्येको एक हुनुहुन्थ्यो। आफ्नो परिवार र रियाल मड्रिडलाई उहाँ आशक्त हुनुहुन्थ्यो।'

सान्जले रोबर्टो कार्लोस, क्लारेन्स सीडोर्फ र डाभर सुकर जस्ता खेलाडीलाई अनुबन्ध गरेका थिए।

उनी २००० को चुनावमा फ्लोरेन्टिनो परेजसँग पराजित भएका थिए। सान्जको छोरो फर्नान्डोले पनि रियालबाट १९९६ देखि १९९९ सम्म खेले।

त्यसपछि उनी मालागा सरूवा भएका थिए।

प्रतिक्रिया दिनुहोस्