युनाइटेडका मिडफिल्डर फेलानीलाई पनि कोभिड-१९ को संक्रमण

काठमाडौं। म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर मारोउनी फेलानीलाई पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

चिनियाँ सुपर लिगमा कोरोनो भाइरस पोजेटिभ देखिने उनी पहिलो खेलाडी हुन्।

एभर्टन र युनाइटेडका पूर्वखेलाडी फेलानी अहिले चिनियाँ सुपर लिग क्लब शान्दोङ लुनेङबाट खेल्छन्।

उनलाई कोभिड-१९ पोजेटिभ देखिएको जिनान प्रान्तको स्थानीय स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै गोल डटकमले जनाएको छ।

२० मार्चमा रेल चढेर जिनान पुगेका उनलाई कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

युभेन्टस तथा अर्जेन्टिनाका फरवार्ड पाउलो डिबाला र इटालीका पुर्वकप्तान पाउलो माल्दिनीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

कोरोना भाइरस संक्रमणकै कारण रियाल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको हिजो अस्पतालमा मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्