साउदी अरबस्थित नेपाली दूतावासले भन्यो- 'तलब नपाए उजुरी गर्नू'

काठमाडौं। साउदी अरबमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारहरूलाई कम्पनीहरूले तलब नदिए उजुरी गर्न आग्रह गरेको छ।

साउदी श्रम कानूनको अवज्ञा गरी कामदारको इच्छा विपरित विना पारिश्रमिक विदा बस्न वाध्य बनाइएमा स्मार्ट फोन भएकाहरूले Ma3an lil Rsd एपमा र अन्य फोन भएकाले १९९११ नम्वरमा उजुरी गर्न सकिने दूतावासले हिजो, ८ चैतमा विज्ञप्तिमार्फत जानकारी गराएको हो।

साउदी अरबको मानव साधन तथा सामाजिक विकास मन्त्रालयलाई उद्धृत गर्दै दूतावासले साउदी अरबको कानूनले कर्मचारी तथा कामदारहरूलाई उनीहरुको सहमति वेगर वेतलवी विदा दिन नमिल्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ को कारण कामदारहरुले नियमित तरिकाबाट काम गर्ने अवस्था नभएका कारण कम्पनी तथा फर्महरुले वैकल्पिक उपायबाट काममा लगाउने गरी त्यहाँको मन्त्रालयले व्यवस्था मिलाएको छ।

नेपाली कामदार कार्यरत कम्पनी वा फर्मले श्रमिकको सहमति वेगर वेतलवी विदामा राख्न खोजेको वा राखिसकेको भएमा साउदी सरकारले उपलव्ध गराएको संयन्त्रमा उजूरी गर्न भन्दै यसरी गरेको उजुरीको प्रति दूतावासको हटलाइन ०५५९३८९६०० मा ह्वाट्स एपमा पठाउन आग्रह गरिएको छ।

दुई दिनअघि २० मार्चमा साउदी अरबमा ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा राजधानी रियाद क्षेत्रमा मात्र ४९ जना संक्रमित भएको दूतावासले उल्लेख गरेको छ। साउदीमा कोभिड-१९ बाट संक्रमितहरूको संख्या ३४४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्