आजदेखि काठमाडौं उपत्यकाका यी २२ स्थानमा ग्यास बिक्री केन्द्र संचालन हुँदै (सूचीसहित)

काठमाडौं। आजदेखि उपत्यकाका २२ स्थानबाट खाना पकाउने एल.पी. ग्यासको रिटेल आउटलेट (खुद्रा बिक्री कक्ष) संचालन गरिएको छ।

नेपाल एल.पी. ग्यास उद्योग संघले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री केन्द्र खोलेका हुन्।

एल.पी. ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले नेपाल आयल निगमसँगको छलफलपछि निरन्तर ग्यास पाउनेगरी बिक्री कक्ष खोलिएको देखापढीलाई बताए।

“ग्यास नपाएको उपभोक्ताको गुनासोलाई ध्यान दिएर दैनिक सात घण्टा आउटलेट संचालन गरेका हौँ”, उनले भने।

त्यसका लागि ग्यास उद्योगहरूले आफ्ना डिलरहरुमध्येबाट केहीलाई छनोट गरेका छन्।

नेपाल ग्यासले सबैभन्दा बढी तीन स्थानमा आउटलेट संचालनमा ल्याएको छ।

आजबाट शुरू गरिएको बिक्री कक्षबाट यसअघिकै मूल्यमा ग्यास खरीद गर्न सकिने बताइएको छ।

कुन-कुन स्थानमा पाइन्छ ग्यास ?

आयल निगम र संघबीच भएको सहमति अनुसार उपत्यकाका विभिन्‍न २२ स्थानमा २१ ग्यास उद्योगहरुले आउटलेट खोलेका छन्।

१. नेपाल ग्यासः बालाजु, अनामनगर र सातदोबाटो

२. सगर/चण्डी ग्यासः जडिबुटी

३. एसटीसी ग्यासः कालिमाटी र जडिबुटी

४ ओम ग्यासः थली, डाँछी र नैकाप

५. बाबा/श्री/लुम्बिनी ग्यासः कपन र धुम्बाराही

६. एच. पी ग्यासः आशीम किचेन एण्ड ग्यास सप्लायर्स

७ सिद्धार्थ ग्यासः इमाडोल

८. श्री माया ग्यासः सतुंगल

९. लोकप्रिय ग्यासः नैकाप

१०. राजधानी ग्यासः सितापाइला

११. सूर्य ग्यासः जगाती

१२. गीता ग्यासः धुम्बाराही

१३. हिमाल ग्यासः भगवती बहाल

१४. नमस्ते ग्यासः कागेश्वरी मनहरा

१५. भानु ग्यासः गोंगबु

१६. एभरेष्ट/सुगम ग्यास : सिफल

१७. श्रीराम ग्यासः हरिसिद्धि ललितपुर

प्रतिक्रिया दिनुहोस्