धनगढी बसपार्कमा हेल्थडेस्क राखियो
कैलाली। सुन्दर सुदूरपश्चिम यातायात प्रालिले डाइमन जिमको सहयोग र जनस्वास्थ्य कार्यालयको सहकार्यमा धनगढी बसपार्कमा हेल्थडेस्कको स्थापना गरेको छ।
स्वास्थ्य सहायता कक्षलाई  बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) ले  प्राविधिक सहयोग गरेको छ।
हेल्थडेस्कको अवलोकन गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्पूर्ण यात्रुहरू आफ्नो स्वास्थ्य चेकजाँच गरेर मात्रै यात्रा गर्न सल्लाह दिए।
सबै यात्रुहरूको स्वास्थ्य जाँच गरेर मात्रै यात्रा गर्ने व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए।
आजैबाट यात्रुहरूलाई नि:शुल्क मास्कसमेत वितरण गरिएको सापकोटाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्