कोभिड-१९ विरुद्ध लड्न सरकारको निर्णय पालना गर्न नेकपा अध्यक्ष दाहालको आग्रह <p>काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विश्&zwj;वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्&zwj;न सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैलाई अपिल गरेका छन्।</p> <p>आज बिहान विज्ञप्ति जारी गर्दै दाहालले संक्रमणबाट बच्&zwj;न सावधानी र चेतना अभिवृद्धि गर्न पार्टी पंक्ति र नागरिकलाई अपिल गरेका हुन्।</p> <p>अध्यक्ष दाहालले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न अनुरोध गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्