भारतसँग सीमा जोडिएको जमुनाहसहित बाँकेका सबै नाका एक साताका लागि बन्द

काठमाडौं। विश्‍वव्यापी महामारी बनेको कोरोना भाइरस(कोभिड-१९) को जोखिमबाट बच्न भारतसँग सीमा जोडिएका बाँकेका सबै नाकाहरू एक साताका लागि बन्द गरिएको छ।

बाँके जिल्लाका सुरक्षा निकायका प्रमुख र भारतको उत्तरप्रदेशको बहराइच जिल्लाका सुरक्षा प्रमुखको केहीबेर अघि सम्पन्‍न दुईपक्षीय बैठकले एकहप्ताका लागि नेपाल-भारतका सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुवै देशका अधिकारीहरूबीचको छलफलपछि एकसाताका लागि सीमा नाका बन्द गर्ने निर्णय भएको जानकारी दिए।

“हामीले अत्यावश्यक सेवा, मालवाहक सवारी साधन संचालन रोक नलगाउने निर्णय गरेका छौं”, उनले देखापढीसँग भने,“यात्रुहरूको आवागमन भने पूर्ण रूपमा नै बन्द हुनेछ।”

उनले भारतसँग सीमा जोडिएको मुख्य नाका जमुनाहसहितका सबै नाकाहरूमा आजैदेखि आवागमन सबै बन्द भएको जानकारी दिए।

दुवै देशमा हुने निर्वाचनका बेला पनि स्थानीय स्तरमा अधिकारीहरूले सीमा नाका बन्द गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्