प्रधानमन्त्रीले बोलाए ४ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं। मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको भूमिसुधार तथा सहकारी मन्त्री पद्‍मा अर्यालले देखापढीलाई जानकारी दिइन्।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुअघि १८ फागुनमा यसअघि बैठक बसेको थियो।

आजको मन्त्रिपरिषद् बैठक कोभिड-१९ को संक्रमणबाट जोगिन अपनाउनुपर्ने सजगतालगायतका विषयमा केन्द्रित रहने बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री अस्पताल भर्ना हुनुअघि बसेको बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्