काठमाडौं। विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि हात धुने अभियानसहित उपत्यकाका १६ स्थानमा प्रहरीले हात धुने साबुनसहित पानी ट्याङकीको व्यवस्था गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बढी भीडभाड हुने र जोखिम बढी हुने उपत्यकाका १६ स्थानमा सर्वसाधरणका लागि यस्तो व्यवस्था गरेको हो।
महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले माछापुच्छ्रे बैंकसँगको सहकार्यमा काठमाडौं, ललितपुर र भक्तपुरको बढी भीडभाड हुने स्थानहरूमा पानी ट्याङकी राखिएको बताए।
सरकारले कोरोना भाइरस रोकथामको लागि अत्यावश्यक बाहेक अन्य सेवाहरू बन्द गरी, बढी भीडभाड हुन नदिने लगायतका कार्यहरू सार्वजनिक गरेको अवस्थामा महानगरीय प्रहरी कार्यालयले आफ्नो तर्फबाट सतर्कता अपनाउँदै नागरिकको सहजताको लागि बैंकसँगको सहकार्यमा उक्त कदम चालेको हो।
साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग र मास्क लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको राय अनुसार उपत्यकामा सर्वसाधरण नागरिकहरूको सहजताको लागि साबुन पानीको व्यवस्था गरिएको डीआइजी पोखरेलले बताए।
रत्नपार्क, बानेश्वर, गौशाला, केएमसी अस्पताल सिनामंगल, महाराजगञ्ज चोक, शिक्षण अस्पताल, प्रसुती गृह थापाथली, टेकु अस्पताल, पाटन अस्पताल लगायत क्षेत्रमा राखिएको छ।
ललितपुर र भक्तपुरका बढी भीडभाड हुने र जोखिम बढी हुने स्थानहरूमा भोलि राखिने प्रहरीले जनाएको छ।
" /> काठमाडौं। विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि हात धुने अभियानसहित उपत्यकाका १६ स्थानमा प्रहरीले हात धुने साबुनसहित पानी ट्याङकीको व्यवस्था गरेको छ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बढी भीडभाड हुने र जोखिम बढी हुने उपत्यकाका १६ स्थानमा सर्वसाधरणका लागि यस्तो व्यवस्था गरेको हो।

">