काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आवश्यक परेको खण्डमा आफ्नो पूर्वाधारहरूलाई अस्थायी क्वारेन्टाइन तथा आइसोलेसन कक्षका रूपमा प्रयोग गर्न दिने जनाएको छ।
एन्फाले सरकारलाई आवश्यक परेको अवस्थामा ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको होस्टेल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टेल र रौटहटको महिला फुटबल एकेडेमीहरूमा अस्थायी क्वारेन्टाइन र आइसोलेसन कक्ष बनाउनका लागि प्रयोग गर्न सकिने जनाएको हो।
“यस मानवीय विपद्को घडीमा देशभर रहेका खेलकुदको भौतिक संरचनाहरूलाई पनि आवश्यक प्रयोग गर्न गराउन सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौं”, एन्फाका प्रवक्ता किरण राईले भनेका छन्, “यो मानवीय संकटमा नेपालीहरू सबैलाई एकजुट भई चुनौतीको सामना गर्न अपिल गर्दछौं।”
एन्फाले ४ चैतबाट आफ्नो सचिवालयसमेत बन्द हुने गरी सम्पूर्ण फुटबल गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। एन्फाले यस जोखिमपूर्ण अवस्थामा सरकार र विश्व स्वास्थ्य संगठनको अनुरोध अनुसार सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्न अनुरोध गरेको छ।
“नेपालमा हालसम्म यस महामारी नदेखिनु सुखद पक्ष रहेता पनि संक्रमणको उच्च जोखिम कायम देखिएकाले सबै नेपालीले पूर्व उच्च सतर्कता र धैर्यता अपनाउँदै सरकारको अपिलअनुसार आफ्नो दैनिकीमा फेरबदल गरी सेल्फ आइसोलेसन तथा क्वारेन्टाइनलगायतको आधारभूत नियम पालना गर्न सबैमा अनुरोध गर्दछौं”, एन्फाले भनेको छ।
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आवश्यक परेको खण्डमा आफ्नो पूर्वाधारहरूलाई अस्थायी क्वारेन्टाइन तथा आइसोलेसन कक्षका रूपमा प्रयोग गर्न दिने जनाएको छ।एन्फाले सरकारलाई आवश्यक परेको अवस्थामा ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको होस्टेल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टेल र रौटहटको महिला फुटबल एकेडेमीहरूमा अस्थायी क्वारेन्टाइन र आइसोलेसन कक्ष बनाउनका लागि प्रयोग गर्न सकिने जनाएको हो।

">