काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले ९ चैतदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्यो।
१० चैतदेखि सार्वजनिक यातायात र अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय पनि भइसकेको छ।
सरकारले जोखिमबाट बच्नका लागि उच्च सतर्कता अपनाए पनि अहिलेसम्म खुल्ला सीमा रहेको भारतसँग नाकाहरू बन्द गर्नेबारे भने औपचारिक निर्णय भइसकेको छैन।
सर्वसाधारण नागरिकसमेतले भारतसँगको सीमा नाका किन बन्द नगरेको भन्दै प्रश्न उठाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन अघि राष्ट्रका नाममा सम्बोधन गर्दा दक्षिणी नाकाहरूमा उच्च निगरानी बढाउने बताएका थिए।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिले पनि उच्च निगरानी गर्ने निर्णय गरेको छ। तर, अहिलेसम्म नाकामा ‘हेल्थ डेस्क’ राखेर तापक्रम जाँच्ने काम मात्रै भइरहेको छ।
खुला सीमा भएकै कारण निर्वाधरूपले मानिसहरूको आवागमन हुँदा त्यसबाट जोखिम बढ्न सक्ने भन्दै जनस्तरबाटसमेत चिन्ता व्यक्त हुन थालेको छ।
गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयहरूलाई उच्च निगरानी बढाउन निर्देशन दिइसकेको छ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतका निकायहरूलाई सीमामा उच्च निगरानी बढाउन निर्देशन दिइसकिएको बताए।
“औपचारिकरूपले नेपाल-भारत सीमा बन्द गर्ने निर्णय भएको छैन”, उनले देखापढीसँग भने,“तर, हामीले निगरानी बढाउन र विशेष जाँच गर्न भनिसकेका छौं।”

जिल्ला प्रशासन कार्यालयहरूले भारतसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीहरूसँग आपसी समन्वयमा सीमा बन्द गर्ने काम गरिएको उनले बताए।
सरकारले औपचारिकरूपमा नाका बन्द गर्ने निर्णय नगरे पनि स्थानीयस्तरमा जिल्ला प्रशासन कार्यालयहरूले भने भारतका छिमेकी जिल्लाका सुरक्षा अधिकारीहरूसँग छलफल गरेर नाका बन्द गर्ने निर्णय गरिरहेका छन्।
आजै जिल्ला प्रशासन कार्यालय बाँकेले उत्तर प्रदेशको बहराइच जिल्लाका सुरक्षा प्रमुखहरूसँग बैठक बसेर जमुनाह–रूपैडिहा नाका अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरिसकेको छ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि सरोकारवाला निकायसँग बैठक बसेर ११ चैतदेखि अर्को आदेश नभएसम्म गड्डाचौकी नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले मुख्य नाका सुनौली बाहेकमा साना नाकाहरूमा आवागमन बन्द गरिसकेको छ।
प्रमुख जिल्ला अधिकारी माहादेव पन्थीले सुनौली नाकामा आवागमन बन्द नगरिएको तर, उच्च निगरानी भने बढाइएको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय बर्दियाले पनि सीमा नाकामा आवागमन पूर्णरूपमा बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले हिजोदेखि नै भारतसँग सीमा जोडिएका बर्दिया सबैतर्फका नाकामा आवागमनमा रोक लगाइएको बताए।
“नेपालबाट भारततर्फ जाने भारतीय नागरिक र नेपालतर्फ आउने नेपाली नागरिकलाई जान दिइएको छ”, उनले देखापढीसँग भने,“भारतबाट आइरहेका नेपालीलाई पनि हेल्थ डेस्कमा जाँच गरेर थप अस्पतालमा समेत जाँचेर मात्रै उनीहरू सेल्फ क्वारेन्टाइनमा राखिनुपर्ने हो वा आइसोलेसनमा राखिनुपर्ने हो त्यसको अवस्था हेरेर मात्रै आउन दिइएको छ।”
जिल्ला प्रशासन कार्यालय दाङले पनि कोरोना भाइरसको संक्रमणबाट जोगिन भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले भारतका अधिकारीहरूसँग छलफल गरेर साना–ठूला नाका बन्द गरिएको जानकारी दिए। उनले सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको टोलीलाई निगरानीका लागि खटाइएको बताए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सीमा नाका बन्द नगरिए पनि निगरानी उच्च बनाइएको जानकारी दिए। “हामीले नाकामा उच्च निगरानी बढाएका छौं”, उनले भने,“नाका भएर आउने नेपालीलाई जाँच्ने र आवश्यक परे आइसोलेसनमा राख्ने काम गरिरहेका छौं।”
भारतसँग सीमा जोडिएका झापादेखि दार्चुलासम्मका नाकाहरूमा जोखिम बढ्न सक्ने सुरक्षा अधिकारीहरूले नै चिन्ता जाहेर गरिसकेका छन्।
यस्तै भारतसँग सीमा जोडिएको झापाको सीमा नाकाहरूमा पनि निगरानी बढाइएको छ। “सीमा नै सिल गर्ने भन्ने विषय केन्द्रबाट हुने विषय हो”, प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने, “हामीले भारतबाट आउने नेपालीलाई जाँच गरेर क्वारेन्टाइनमा राखेर मात्रै आउने व्यवस्था गरेका छौं। तर अन्य देशका नागरिकलाई भने आउन रोकेका छौं।”
भारतसँग सीमा जोडिएका अन्य जिल्लाका प्रशासन कार्यालयले नाकामा उच्च निगरानी बढाए पनि औपचारिकरूपले आवागमन भने रोकिसकेका छैनन्।

गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएसँगै उनीहरूले नाकामा उच्च निगरानी बढाउन थालेका छन्।
नेपाल प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा सञ्चालन गरिएका हेल्थ डेस्कमा प्रहरी परिचालन गरेर निगरानी बढाउन थालिसकेको छ।
“हाम्रो प्रहरी अहिले नाकामा खटिएर जाँच गर्ने काम गरिरहेको छ”, नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले भने, “हामीले अपनाउनुपर्ने सबै सावधानी अपनाएका छौं।” उनले नाकाहरूमा स्थापना गरिएका हेल्थ डेस्कमा चेकजाँच गरेर मात्रै भारतबाट नेपाल आउने नेपाली नागरिकलाई आउन दिइएको बताए।
सशस्त्र प्रहरी बल नेपालले पनि १६४ वटै हेल्थ डेस्कमा आफ्नो टोली खटाएर निगरानी बढाइरहेको छ। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले सरकारको निर्देशनअनुसार अहिले गस्ती, पट्रोलिङलगायतका काम तीव्र पारिएको जानकारी दिए।
" /> काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले ९ चैतदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्यो।१० चैतदेखि सार्वजनिक यातायात र अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय पनि भइसकेको छ।

">