काठमाडाैं। क्यानेडियन अभिनेत्री एभान्जेलिन लिलीले ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न अस्वीकार गरेकी छन्। सरकारले आफ्नो स्वतन्त्रता खोसेको भन्दै इन्स्टाग्राममार्फत् आक्रोश व्यक्त गर्दै सेल्फ क्वारेन्टाइनमा बस्न अस्वीकार गरेकी हुन्।
४० वर्षीया अभिनेत्रीले नियमित हात धुने र कोरोनाबाट जोगिने उपाय अपनाए पनि सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न लगाएर आफ्नो स्वतन्त्रता खोसेको आरोप लगाएकी हुन्। उनले आफ्ना दुई सन्तानलाई जिम्न्यास्टिक क्याम्पमा भर्ना गरेको समेत जनाएकी छन्।
यसरी स्वतन्त्रता खोसेर नेताहरूले शक्तिको दुरुपयोग गरेको उनको आरोप छ। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ‘मुर्ख’ संज्ञा दिएका छन्। साथै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।
यो ‘स्वासप्रस्वास फ्लू’ लाई सरकारले कोरोना भाइरसको संक्रमण भन्दै सेल्फ क्वारेन्टाइनमा बस्न लगाएको उनको आरोप छ। विश्वव्यापी महामारी बनेको कोभिड-१९ का कारण विश्व नै त्रसित तथा आतंकित बनिरहेका बेला उनी त्यसको विरुद्धमा उत्रिएकी हुन्।
" /> काठमाडाैं। क्यानेडियन अभिनेत्री एभान्जेलिन लिलीले ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न अस्वीकार गरेकी छन्। सरकारले आफ्नो स्वतन्त्रता खोसेको भन्दै इन्स्टाग्राममार्फत् आक्रोश व्यक्त गर्दै सेल्फ क्वारेन्टाइनमा बस्न अस्वीकार गरेकी हुन्।४० वर्षीया अभिनेत्रीले नियमित हात धुने र कोरोनाबाट जोगिने उपाय अपनाए पनि सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न लगाएर आफ्नो स्वतन्त्रता खोसेको आरोप लगाएकी हुन्। उनले आफ्ना दुई सन्तानलाई जिम्न्यास्टिक क्याम्पमा भर्ना गरेको समेत जनाएकी छन्।

">