कोभिड-१९ बाट पटनामा मृत्यु भएपछि जेपी गुप्ताको सुझाव- दशगजा क्षेत्रमा कर्फ्यू लगाऔं

काठमाडौं। भारतको विहार, पटनामा कोभिड-१९ का कारण एक जना युवाको मृत्यु भएपछि नेपालमा संक्रमित व्यक्ति छिर्नबाट रोक्न तत्काल कर्फ्यू लगाउन तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले सरकारलाई सुझाव दिएका छन्।

पूर्वमन्त्रीसमेत रहेका गुप्ताले ट्वीट गर्दै भारतमा नेपालको यति नजिक पहिलो मृत्यु भएकोले त्यसबाट संक्रमितलाई नेपाल छिर्न नदिन दशगजा क्षेत्रमा कर्फ्यू लगाउनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले ट्वीट गरेका छन्- ‘अब निर्मम भै निर्णय कार्यान्वयनको अपेक्षा भयो।नेपाल-भारत सीमा क्षेत्रमा दशगजा उत्तर कम्तिमा १० किमी भित्र केही साताका लागि तत्काल कर्फ्यू लाउनुको बिकल्प छैन।’

काठमाडौं-पटना २४० किमी, वीरगंज-पटना १६०किमी, जनकपुर-पटना १२३ किमी, राजबिराज-पटना १९० किमी र बिराटनगर-पटना २३४ किमी रहेको उल्लेख गर्दे संयोजक गुप्ताले लगभग सबै नाकामा निर्वाध आवागमन भइरहेकोले त्यसलाई रोक्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्- "पटना जहाँ कोभिड-१९ बाट पहिलो मृत्यूले टेक्यो। केपी शर्मा ओली सर, अब निर्मम बन्नुस्। पुरै बोर्डर लकडाउन गर्नुहोस्।'

प्रतिक्रिया दिनुहोस्