काठमाडौं। हरेक प्रदेश र महानगरपालिकामा कम्तीमा दुई हजार क्षमताको क्वारेन्टाइन बनाउने तयारी थालिएको छ।
क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आज बसेको बैठकले कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति समक्ष प्रदेश सरकार तथा स्थानीय तहलाई क्वारेन्टाइनस्थल निर्माणको निर्देशन दिन सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले उपमहानगरपालिकाले कम्तीमा एक हजार, सबै जिल्ला सदरमुकाममा रहेको नगरपालिका/गाउँपालिकाले हिमाली क्षेत्रको हकमा कम्तीमा ५००, पहाडी क्षेत्रको हकमा एक हजार र तराई क्षेत्रको हकमा दुई हजार व्यक्ति क्षमताका क्वारेन्टाइनस्थल बनाउने गरी उच्चस्तरीय समन्वय समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
कार्यदलका संयोजक तथा पर्यटन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा बैठक बसेको थियो। बैठकले सार्वजनिक क्वारेन्टाइनस्थलसम्बन्धी मस्यौदा बनाएर गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधि (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) रहेको टोलीले कार्य गरी पेश गर्ने, मस्यौदा आएपछि सो बमोजिम आवश्यक पर्ने स्रोतसाधन/बजेट व्यवस्थापन योजनासम्बन्धी विषय पेश गर्नेलगायतको निर्णय गरिएको छ।
यसैगरी क्वारेन्टाइनका लागि उपयुक्त होटल, होस्टेल/विद्यालय भवन, राखेपका होस्टेल, रंगशालालगायतमा व्यवस्थापन गर्न सकिने क्षमता यकिन गरेर भोलि १० चैत १० बजे बस्ने बैठकमा पेश गर्ने निर्णय गरिएको छ।
" /> काठमाडौं। हरेक प्रदेश र महानगरपालिकामा कम्तीमा दुई हजार क्षमताको क्वारेन्टाइन बनाउने तयारी थालिएको छ।

">