काठमाडौं। भोलि, २५ असोज अपरान्ह काठमाडौं आइपुग्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सुरक्षा लगायत सरकारका तर्फबाट गर्ने सबै तयारी पुरा भएको ‘ब्रिफिङ’ प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अहिले जारी बैठकमा तयारीबारेको ‘ब्रिफिङ’ पेस भएको हो ।
बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मुख्यसचिब लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सहभागी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब शिशिर ढुंगानाले चिनियाँ राष्ट्रपतिको भ्रमणको मुख्य तयारी पुरा भएको र त्यसबारे जानकारी गराउन मुख्यसचिबसहितको टोलीले प्रधानमन्त्रीलाई ब्रिफिङ दिएको देखापढीलाई बताए ।
" /> काठमाडौं। भोलि, २५ असोज अपरान्ह काठमाडौं आइपुग्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सुरक्षा लगायत सरकारका तर्फबाट गर्ने सबै तयारी पुरा भएको ‘ब्रिफिङ’ प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अहिले जारी बैठकमा तयारीबारेको ‘ब्रिफिङ’ पेस भएको हो ।

">