काठमाडौं। सरकारले चीन र भारततर्फका नाका बन्द गर्ने निर्णय गरेको छ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन र भारततर्फका नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो।
भोलि, १० चैत बिहान १० बजेदेखि नाका बन्द हुनेछन्।
त्यस्तै, कोरोनाविरुद्ध ५० करोडको कोष बनाउने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणामन्त्री पद्माकुमारी अर्यालले देखापढीलाई बताइन्।
उक्त कोषमा मन्त्रीहरूले एक महीनाको तलब योगदान गर्नेछन्।
उक्त कोषका लागि रकम जुटाउन सार्वजनिक रूपमा पनि आग्रह गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
यसैगरी सशस्त्र प्रहरी बलको अस्पताललाई कोभिड–१९ को उपचार गर्ने अस्पतालका रूपमा विकास गर्ने पनि निर्णय भएको मन्त्री अर्यालले बताइन्।
पढ्नुहोस्
क्याबिनेट बैठकमा उच्च सतर्कता, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीका खुट्टासम्मै ‘सेफ्टी मेजर’
सरकारले निर्णय नगरे पनि स्थानीयस्तरमा बन्द हुँदैछन् भारतसँगका सीमा नाका
" /> काठमाडौं। सरकारले चीन र भारततर्फका नाका बन्द गर्ने निर्णय गरेको छ।आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन र भारततर्फका नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो।

">