काठमाडाैं। विश्वव्यापी महामारी बनेकाे कोभिड-१९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिंगो मुलुक केन्द्रित भएका बेला नेपाल बैंकले नेपाल सरकारको पहललाई साथ दिन एक करोड रूपैयाँ प्रदान गर्ने भएको छ।
देशमा कोभिड-१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी प्रदान गरिने भएको हो।
बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए। रासस
" /> काठमाडाैं। विश्वव्यापी महामारी बनेकाे कोभिड-१९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिंगो मुलुक केन्द्रित भएका बेला नेपाल बैंकले नेपाल सरकारको पहललाई साथ दिन एक करोड रूपैयाँ प्रदान गर्ने भएको छ।देशमा कोभिड-१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी प्रदान गरिने भएको हो।
बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए। रासस
">