काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट बच्न सजगता अपनाउनको लागि घरमै बस्नुपर्ने बाध्यता छ। प्रविधिको कारण घरमै रहेर पनि आफूलाई आवश्यक हरेकजसो सामग्री किन्न सकिन्छ।
तपाईंले चाहेको हरेकजसो सामग्री अर्डर गरेको केही समयमै तपाईंको घरमै आइपुग्छ। तसर्थ, अहिल्यै आत्तिएर कुनै पनि सामग्रीको अधिक मौज्दात राख्न आवश्यक छैन।
पछिल्ला केही वर्षयता दैनिक उपभोग्यदेखि विलासिताका सामग्रीसमेत अनलाइन सपिङ साइटमा पाइन्छन्। त्यसका लागि तपाईंले मोबाइबाट केही क्लिकमा अर्डर गरे मात्रै पनि ती सामान तपाईं भएकै ठाउँमा आइपुग्छन्।
दराज डटकम
अनलाइन सपिङ साइट दराज डटकमले दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स सामग्रीसम्म उपलब्ध गराउँछ।
लत्ताकपडा, जुत्ता÷चप्पल, इलेक्ट्रोनिक्स सामग्री, फेसन, दैनिक उपभोग्य वस्तुहरू (दाल/चामल/नुन/तेल) जस्ता सामग्री दराजले उपलब्ध गराउँदै आएको छ। मोबाइल, इअरफोन, घडी पनि दराजमा अनलाइनमार्फत् किन्न पाइन्छ।
त्यसैगरी, डेरी प्रडक्ट, नुडल्स लगायतका सामग्री दराजले घर घरमा पुर्याउँदै आएको छ।
तर, यी सामग्री सोमबारदेखि शुक्रबारसम्म मात्रै उपलब्ध हुन्छन्। हरेक शनिबार र आइतबार दराजले कर्मचारीहरूलाई बिदा दिने गरेको छ। साताको पाँच दिन बिहान ९ देखि बेलुकी ६ बजेसम्म सामग्री उपलब्ध हुनेछन्।
काठमाडौं, भक्तपुर, ललिपुर लगायत नेपालका विभिन्न २३ शहरमा दराजले सेवा दिइरहेको छ। दराजले न्यूनतम ५० रूपैयाँभन्दा बढी मूल्यका सामग्री अनलाइन बिक्रीमा राखेको छ।
मुञ्चा डटकम
खाद्यान्न तथा पेयपदार्थ, लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री, गरगहना, उपहार, सौन्दर्य सामग्री, खेलकुद र फिट्नेसका सामग्री मुञ्चा डटकमले अनलाइनमार्फत बिक्री गरिरहेको छ।
मुञ्चाले आफ्ना ग्राहकलाई चौबिसै घन्टा र हप्तामा सातै दिन सेवा दिने कम्पनीले बताएको छ।
मुञ्चाले नेपालका मुख्य मुख्य सहरमा सेवा प्रदान गर्दै आएको छ। विदेशमा रहेका नेपालीले समेत नेपालमा आफ्ना आफन्तलाई मुञ्चामार्फत सामाग्री पठाउन सक्छन्।
मेरो किराना डटकम
अनलाइन सपिङको लागि उपलब्ध अर्को अनलाइन सपिङ साइट हो मेरो किराना डटकम। यसमा पनि दैनिक उपभोग्य वस्तुहरू पाइन्छ। मेरो किरानाले दाल, चामल, तेल, नुन, बेकरी तथा डेरीका उत्पादन, मासु र अण्डा, पेय पदार्थ, मसला तथा अन्य सामग्रीहरू घर घरमा उपलब्ध गराउँछ।
किरानमा पसलमा पाइनेजति सबै सामग्री उक्त सपिङ साइटबाट किन्न सकिने उक्त कम्पनीले बताएको छ।
चिया तथा कफी, साबुन र सरफ जस्ता सामग्री मेरो किरानाले उपलब्ध गराएको छ। विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म डेलिभरी दिने गरिएको कम्पनीले बताएको छ। मेरो किरानाले काठमाडौं उपत्यकामा मात्रै सेवा दिँदै आएको छ।
ठूलो डटकम
सबै प्रकारका खाद्यान्न, विद्युतीय सामग्री, पेयपदार्थ, उपहारका सामग्री, महिला÷पुरुषका फेसनका सामग्री ठूलो डटकमले बिक्री गर्दै आएको छ। ठूलो डटकमले पुस्तकहरू पनि घर घरमा पुर्याउँदै आएको छ।
ठूलो डटकमले विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिने गरेको कम्पनीले वेवसाइटमा उल्लेख गरेको छ। १०० रूपैयाँ माथि मूल्य भएका सामग्री बिक्री गर्ने यो अनलाइन सपिङ साइटले काठमाडौं उपत्यकामा मात्रै सेवा दिँदै आएको छ।
ठूलो डटकमका प्रमुख कार्यकारी अधिकृत अच्युत नेपालले सरकारले पूर्ण रूपमा आवतजावत बन्द नगर्दासम्म अनलाइन सपिङको सबै सेवा निरन्तर उपलब्ध गराउने बताएका छन्।
सस्तो डिल डटकम
सबै खालका इलेक्ट्रोनिक सामाग्री, महिला तथा पुरुषका फेसन सामाग्री, किताब र किचनमा प्रयोग हुने सामग्री सस्तोडिलले बिक्री गर्दै आएको छ। त्यसबाहेक, उक्त कम्पनीले खेलौनाका सामग्री पनि उपलब्ध गराउँछ।
कम्पनीले हरेक दिन २४ घन्टा सामग्री अर्डर गर्न सकिन्छ। सस्तो डिलले पनि काठमाडौं उपत्यकामा मात्रै दैनिक सामाग्रीहरू उपलब्ध गराउँछ। नियमित आवत जावत प्रतिबन्ध नहुँदासम्म सस्तो डिलको सेवा उपलब्ध हुने कम्पनीका अधिकारीहरूले बताएका छन्।
फुडमान्डू डटकम
अनलाइनमार्फत अर्डर लिएर तयारी खाना र खाजाको परिकार उपलब्ध गराउने कम्पनी हो फुडमाण्डू। यसले पिज्जा, बर्गर, मःम, चाउमीन, रोल तथा नेवारी, चाइनिज, जापनिज लगायत परिकार फुडमाण्डूमा उपलब्ध छ।
फुडमाण्डूले विशेषतः १२ बजे अगाडी नै परिकारको अर्डर लिने र साँझसम्म नै निरन्तर डेलिभरी गर्ने गर्दछ। अहिले फुडमाण्डूले उपत्यकाको तीन जिल्लामा खानाका परिकार डेलिभरी गर्दै आएको छ।
यति मात्रै होइन, घरमै बसेर ताजा फलफूल र तरकारी पनि खरीद गर्न सकिन्छ। काठमाडौं अर्गानिक डटकमले अर्गानिक र ताजा तरकारी उपलब्ध गराउँदै आएको छ।
त्यसैगरी, फुडमारियोले काठमाडौं उपत्यकाभर खानाको स्वादिष्ट परिकार उपलब्ध गराउने गरेको छ।
अनलाइनमार्फत् सामग्री खरीद गर्नका लागि अनलाइनबाटै भुक्तानी सेवा पनि उपलब्ध हुन आवश्यक छ। त्यसका लागि इ–सेवा, फोन–पे, सेल–पे, आइ–पे, प्रभु–पे र खल्ती जस्ता अनलाइन भुक्तानीका माध्यमहरू छन्। उक्त एप्लिकेसनमार्फत् भुक्तानी गरेर अनलाइनबाट हरेकजसो सामग्री घरै बसी बसी खरीद गर्न सकिन्छ।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट बच्न सजगता अपनाउनको लागि घरमै बस्नुपर्ने बाध्यता छ। प्रविधिको कारण घरमै रहेर पनि आफूलाई आवश्यक हरेकजसो सामग्री किन्न सकिन्छ।तपाईंले चाहेको हरेकजसो सामग्री अर्डर गरेको केही समयमै तपाईंको घरमै आइपुग्छ। तसर्थ, अहिल्यै आत्तिएर कुनै पनि सामग्रीको अधिक मौज्दात राख्न आवश्यक छैन।

">