इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च अन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजले दिएको रूंगटाको परीक्षण रिपोर्ट। तस्वीरः रूंगटा परिवार

पढ्नुहोस्ः ‘वीरगञ्जका कुनै व्यक्तिलाई कोभिड-१९ पुष्टि भएको छैन’

"> वीरगञ्जका व्यवसायीलाई कोभिड-१९ नभएको पुष्टि, परिवारको होम क्वारेन्टाइन हटाइयो: Dekhapadhi
वीरगञ्जका व्यवसायीलाई कोभिड-१९ नभएको पुष्टि, परिवारको होम क्वारेन्टाइन हटाइयो
काठमाडौं। वीरगञ्जका व्यवसायी शिवकुमार रुंगटाको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य परीक्षणको अन्तिम रिपोर्टमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनको परिवारलाई राखिएको होम क्वारेन्टाइन पनि हटाइएको छ।

रुंगटालाई भर्ना गरिएको भारतको पटनास्थित पटना मेडिकल कलेज अस्पतालले ९ चैत राति १० बजे उनमा कोरोना भाइरसको संक्रमण नभएको निर्क्यौल गरेको हो।

उनका भाई सुरेश रुंगटाले अस्पतालले राति १० बजे परीक्षणको रिपोर्ट दिएपछि आफूहरु ठूलो तनावबाट मुक्त भएको देखापढीलाई बताए।

"इन्डिया टिभीले रिपोर्ट पोजिटिभ आयो भनेपछि हामी सबैलाई होम क्वारेन्टाइनमा राखिएको थियो, अहिले भर्खरै पुलिस यहाँबाट गयो, हामी क्वारेन्टाइनबाट मुक्त भएका छौं", उनले भने।

केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएका रुंगटालाई पटना मेडिकल कलेज अस्प्तालमा भर्ना गरिएको थियो। उनको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो।

इन्स्टिच्युटले दिएको रुंगटाको परीक्षण प्रतिवेदनमा कोभिड-१९ को नतीजा नेगेटिभ देखिएको छ।

यसअघि पटना अस्पतालकै चिकित्सकले केही परीक्षण पोजिटिभ देखिएपपछि उनको थप परीक्षण गर्न लगाएको बताइएको छ।

पटना मेडिकल कलेजले नै थप परीक्षणका लागि उनको नमूना पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पठाएको छ। तर, त्यसको रिपोर्ट आउँन भने अझै दुई तीन दिन लाग्नेछ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च अन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजले दिएको रूंगटाको परीक्षण रिपोर्ट। तस्वीरः रूंगटा परिवार

पढ्नुहोस्ः ‘वीरगञ्जका कुनै व्यक्तिलाई कोभिड-१९ पुष्टि भएको छैन’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्