जर्मनीकी चान्सलर मार्केल क्वारेन्टाइनमा

काठमाडौं। आफ्ना डाक्टरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि जर्मनीकी चान्सलर एन्जेला मार्केल क्वारेन्टाइनमा बसेकी छन्।

६५ वर्षीय मार्केलले आजै पत्रकार सम्मेलन गरेर कोभिड-१९ को संक्रमण फैलिन नदिन नयाँ घोषणाहरू गरेकी थिइन्। उक्त पत्रकार सम्मेलन सकिए लगत्तै उनलाई ती डाक्टरलाई कोरोना संक्रमण भएको पुष्टि भएको जनाइएको थियो।

मार्केलका प्रवक्ता स्टेफन सेइबर्टलेका अनुसार मार्केललाई ७ चैतमा ती डाक्टरले न्युमोनियाविरोधी खोप दिएका थिए।

सेइबर्टले मार्केलले आउँदा दिनमा घरबाटै काम गर्ने र ‘नियमित परीक्षण’ गराउने जनाएका छन्।

मार्केलले पत्रकार सम्मेलनमा सामाजिक दूरी कायम गर्ने जर्मनहरूलाई धन्यवाद दिँदै कम्तिमा डेढ मिटर दुरी कायम गर्न सबैलाई अनुरोध गरेकी थिइन्। - द गार्जियनबाट

प्रतिक्रिया दिनुहोस्