भारत र चीन दुवै तर्फका नाका आजदेखि बन्द
काठमाडौं। चीन र भारतसँग सिमाना जोडिएका सबै नाका आजदेखि एक साताका लागि बन्द गरिएको छ।
हिजो, ९ चैत साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन र भारततर्फका नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको थियो।
सोहि अनुसार आज बिहान १० बजेदेखि नाका बन्द हुनेछन्।
प्रदेश सरकारहरूले पनि नाकालाई बन्द या व्यवस्थित गर्न केन्द्र सरकारसँग अनुरोध गरेका थिए।
कंचनपुर, कैलाली लगायतका जिल्ला प्रशासन कार्यालयले त नाकामा आवतजावत बढेपछि कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिएर नाका बन्द गर्ने निर्णय गरिसकेका थिए।
मानिसको आवागमन बन्द गरेपनि सामान आपूर्ति भने निरन्तर हुने सरकारले आश्वस्त पारेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्