कोभिड-१९ संक्रमितको उपचारका लागि सशस्त्र प्रहरी अस्पताल थप

काठमाडौं। सरकारले चन्द्रागिरीस्थित सशस्त्र प्रहरी अस्पताललाई कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाउने भएको छ।

हिजो, ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ आशंकित या कोहि संक्रमित भइहालेमा सो अस्पताललाई उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो।

यसअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मात्र कोरोना आशंकित बिरामीको उपचार हुँदै आएको थियो।

टेकु अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाउने गरी सरकारले जनशक्ति, पूर्वाधार र स्वास्थ्य उपकरणहरू थप गरेको छ।

कोरोना भाइरस संक्रमणका बिरामीको उपचारलाई मात्र केन्द्रित गरेर टेकु अस्पतालमा उपचाररत् अन्य बिरामीलाई भने काठमाडौंका अन्य अस्पतालमा पठाइएको छ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि उपत्यकाका पाँच अस्पतालमा आइसीयू सुविधासहित १२० शय्या थप गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

स्वास्थ्य मन्त्रालयले टेकु अस्पतालमा ४०, सशस्त्र प्रहरी अस्पताल, वीर, पाटन र सैनिक अस्पतालमा २०/२० शय्याका आइसीयू थप्न गृहकार्य बढाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्