कोभिड-१९ विरुद्धको तयारी र भावी योजना जानकारी गराउन स्वास्थ्यमन्त्रीको आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

कोभिड-१९ विरुद्ध मन्त्रालयबाट अहिलेसम्म भएका निर्णय र अबको योजनाबारे जानकारी दिन केही बेरमा पत्रकार सम्मेलन डाकिएको हो।

"कोरोना भाइरस संक्रमण नियन्त्रणको तयारी तथा प्रतिकार्यको लागि मन्त्रालयले गरिरहेका कामको बारेमा जानकारी गराउने पत्रकार सम्मेलनको मुख्य अजेण्डा छ", मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले देखापढीलाई बताए।

सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै आजदेखि लामो दूरीमा चल्‍ने सार्वजनिक सवारीसाधन बन्द गरेको छ।

त्यस्तै हिजोदेखि अन्तर्राष्‍ट्रिय हवाई उडान पनि बन्द छन्।

प्रतिक्रिया दिनुहोस्