फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीमा कोभिड-१९ देखियो
काठमाडौं। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली विद्यार्थीलाई कोभिड-१९ पोजेटिभ भेटिएको छ।
स्वास्थ्य मन्त्रालयमा अहिले भइरहेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हिजो जनस्वास्थ्य प्रयोशालामा नमूना परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताए।
उनी १९ वर्षीया महिला रहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए। "बिरामी महिला हुनुहुन्छ। अहिले उहाँको परिचय यति माात्र दिउँ", मन्त्री ढकालले भने, "ती महिलाको परिवारसहित सम्पर्कमा रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।"
ती महिला ४ चैतमा नेपाल आएकी थिइन्। त्यसयता उनी सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी र हिजो, ९ चैतमा कोरोना भाइरस पोजेटिभ देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
नेपालमाा कोरोना भाइरस पोजेटिभ देखिएको यी दोस्रो संक्रमित हुन्।
यसअघि चीनको वुहानबाट आएका एकजना विद्यार्थीमा पनि कोभिड-१९ देखिएको थियो।
ती युवक अहिले निको भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्