लन्डनमा कोभिड-१९ सँग जुधिरहेकी नेपाली भन्छिन्-‘मलाई निको हाेला जस्ताे छैन, तपाईंहरू सुरक्षित बस्नू’

काठमाडौं। भगवती रानाभाट १० दिनको सेल्फ आइसोलेसनमा बसेकी थिइन्। त्यसपछि उनलाई कोभिड-१९ को लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

आज १३औं दिन बितिसक्दा पनि आफूलाई निको हुने कुनै लक्षण नदेखिएको उनले आफ्नो फेसबुकमा उल्लेख गरेकी छन्।

नेपालको लमजुङ ठेगाना भएर लन्डनमा बस्दै आएकी उनले अस्पतालमा उपचार गराउँदै गरेको तस्वीरसहित फेसबुकमा स्टेटस पोष्ट गर्दै ‘यो महामारी पीडादायक भएको’ उल्लेख गरेकी छन्।

आफन्त र साथीभाइलाई थप भयावह बनाउला भन्ने सोंचले शुरुमा आफूले फेसबुकमा पोष्ट नराख्ने विचार गरेको भए पनि सबैलाई सावधान अपनाउन सहयोग पुग्ला भन्ने सोचर पोष्ट गरेको उनले लेखेकी छन्।

उनले फेसबुकमा लेखेकी छन्- ‘हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनुहोस्