कोभिड-१९ देखिएकी महिला एक साताअघि फ्रान्सबाट नेपाल आएकी थिइन् (भिडिओसहित)

काठमाडौं। हिजो, ९ चैतमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएकी १९ वर्षीया नेपाली महिला अहिले टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचाररत् छिन्।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको जानकारी अनुसार उनी ४ चैतमा फ्रान्सबाट कतार हुँदै जहाजमा काठमाडौं उत्रिएकी थिइन्।

कोभिड-१९ देखिएकी ती महिला विद्यार्थी भएको मन्त्री ढकालले बताए।

"उहाँ बाहिरबाट आएदेखि नै होम क्‍वारेन्टाइनमा हुनुहुन्थ्यो, हिजो पोजेटिभ देखिनासाथ अस्पताल ल्याएर उपचार शुरू गरेका छौँ", ढकालले भने।

उनका अनुसार कोभिड-१९ पुष्‍टि भएसँगै ती महिलाको परिवार र उनको सम्पर्कमा आएका सबैजनालाई आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ।

नेपालमाा कोरोना भाइरस पोजेटिभ देखिएको यी दोस्रो संक्रमित हुन्।

हालसम्म कोरोना भाइरस संक्रमणको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा टेकुमा नमूना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

यसअघि चीनको वुहानबाट आएका एकजना विद्यार्थीमा पनि कोभिड-१९ देखिएको थियो।

ती युवक अहिले निको भइसकेका छन्।

पढ्नुहोस्:

फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीमा कोभिड-१९ देखियो संक्रमितको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखियो

प्रतिक्रिया दिनुहोस्