चीनका लागि नेपाली राजदूतमा पाण्डे संसदीय समितिबाट अनुमोदन <p>काठमाडौं।&nbsp;संघीय संसदको संयुक्त सुनुवाई समितिले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गरेको छ।&nbsp;</p> <p>आज भएको सुनुवाइपछि राजदूतमा पाण्डेलाई अनुमोदन गर्ने निर्णय भएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए। समितिले सुनुवाइका लागि पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो। उनीविरुद्ध कुनै पनि उजुरी नपरेको र आज सुनुवाइपछि अनुमोदन गर्ने सर्वसम्मत निर्णय भएको सभापति कर्णले <em>देखापढी</em>लाई बताए।&nbsp;</p> <p>राजदूतमा संसदीय समितिद्वारा अनुमोदित भएपछि <em>देखापढी</em>सँगलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका पाण्डेले &lsquo;नेपाल-चीन सम्बन्धलाई उच्च बिन्दूमा पुर्&zwj;याउन भूमिका खेल्ने&rsquo; बताए।</p> <p>१८ फागुनको मन्त्रिपरिषद्ले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने र उनको स्थानमा महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय गरेको थियो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्