औषधि पसल बन्द नगर्न औषधि व्यवसायी संघको आग्रह

काठमाडौं। नेपाल औषधि व्यवसायी संघले आफ्ना सदस्यहरूलाई औषधि पसल बन्द नगर्न अनुरोध गरेको छ।

संघले कोभिड-१९ विश्वव्यापी महामारीको रूपमा फैलिरहेको अवस्थामा औषधि पसल नियमितरूपमा सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरेको हो।

संघले आज सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “यस महामारीबाट हुन सक्ने सम्भावित जोखिमलाई रोक्ने र नागरिकलाई संक्रमणबाट बचाउने गहन जिम्मेवारी औषधि व्यवसायीहरूको काँधमा आएको छ।”

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ लाई मध्यनजर गर्दै औषधि पसल नियमितरूपमा सञ्चालन गर्न अपिल गरेका छन्। उनले भने, “औषधिको आपूर्ति र वितरणमा कुनै समस्या आए त्यसको समाधानका लागि संघ तयार छ।”

साथै, संघले आफ्ना व्यवसायीहरूलाई आफ्नो स्वास्थ्य सुरक्षाका लागि आवश्यक अपरिहार्य सुरक्षा विधि अपनाएर औषधि बेच्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्