दादुरा रुबेला खोप अभियान स्थगित

काठमाडौं। राष्ट्रिय दादुरा रुबेला खोप अभियान चैत मसान्तसम्मका लागि स्थगित गरिएको छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी कोभिड–१९ संक्रमणको सम्भावित जोखिम कम गर्न खोप अभियान स्थगित गरिएको जनाएको हो।

मन्त्रालयका अनुसार खोप अभियान सञ्चालनको शुरूवात नभएका पालिका, वडा र स्वास्थ्य संस्थाहरूको खोप अभियान चैत मसान्तसम्म स्थगित गरिएको छ।

त्यस्तै अभियान सञ्चालन गरिएका ठाउँमा भने खोप अभियान सञ्चाल हुने तर, भीडभाड हुन नदिने व्यवस्था गरी सतर्कता अपनाउने मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्