काठमाडौं। विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणका कारण आजसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको विवरणअनुसार तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस संक्रमित भएका छन्। संक्रमित व्यक्तिमध्ये ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन्। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखापरिसकेको छ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ। कोरोना भाइरस संक्रमणबाट चीनभरि तीन हजार २७२ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार ९३ जना संक्रमित रहेका छन्।
हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटलीमा यस रोगबाट पाँच हजार ४७६ व्यक्तिको मृत्यु भइसकेको छ। हालसम्म त्यहाँ ५९ हजार १३८ जना संक्रमित रहेका छन्।
उता इरानमा कोरोना भाइरसको संक्रमणबाट एक हजार ६८५ व्यक्तिको मृत्यु भएको छ। हालसम्म २१ हजार ६८५ जना संक्रमित रहेका छन्। सात हजार ९१३ व्यक्ति उपचारपछि घर फर्किएका छन्।
कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा १ हजार ७७२ व्यक्तिको मृत्यु भएको छ। हाल २८ हजार ७६८ जना संक्रमित रहेका छन्।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ४५७ व्यक्तिको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरस संक्रमणबाट ६७४ व्यक्तिको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट सात व्यक्तिको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस संक्रमणका कारण आजसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ।विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको विवरणअनुसार तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस संक्रमित भएका छन्। संक्रमित व्यक्तिमध्ये ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन्। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखापरिसकेको छ।

">