काेभिड-१९ विरुद्धको कोषमा प्रकाश सपूतले गरे दुई लाख सहयोग
<p>काठमाडौं। सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा गायक प्रकाश सपूतले दुई लाख रूपैयाँ सहयोग गरेका छन्।</p>
<p>पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषमार्फत् उक्त कोषमा आर्थिक सहयोग गरेका हुन्। दुई लाख रुपैयाँ बराबरको चेक सपूतले शिरिषलाई दिएका छन्।</p>
<p>अहिले बागलुङ धम्जाको आफ्नै घरमा सेल्फ क्‍वारेन्टाइनमा बसिरहेका सपूतले फेसबुकमा प्रधानमन्त्रीलाई लामो स्टेटस लेख्दै सहयोगको घोषणा गरेका हुन्।</p>
<p>मन्त्रिपरिषद्को बैठकले ५० करोड रूपैयाँ बराबरको कोरोना भाइरस संक्रमण रोकथामका लागि कोष स्थापना गरेको छ। उक्त कोषमा मन्त्रिपरिषद्का सदस्यहरूको एक महिनाको तलब समेत जम्मा गर्ने र अरूलाई पनि सक्दो सहयोग गर्न आग्रह गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्