काठमाडौं। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संसारभर बढ्दो क्रममा छ।
हालसम्म संक्रमणको मृत्युरहित समाधान (सल्भ्ड विदाउट डेथ)का कारण हरियो सूचीमा रहेको नेपालमा पनि भाइरस फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ। यस्तो बेलामा के गर्दैछन्, मुख्य राजनीतिक दल र तिनका कार्यकर्ताहरू ?
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीमा गरी करीब २३ लाख ५५ हजार पूर्णकालीन कार्यकर्ता छन्। तीमध्ये अधिकांश दलका कार्यकर्ता स्वतःस्फूर्त रूपमा जनचेतना जगाउन सक्रिय छन्। पार्टीगत हिसाबबाट कांग्रेस यस मामिलामा केही अगाडि देखिन्छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण अभियान स्थगित गरेर कोरोना भाइरसविरुद्ध सचेतना अभियान थालिएको छ।
“अभियानलाई शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घर-घरसम्म नाम दिएका छौँ”, शर्मा भन्छन्। उनका अनुसार कांग्रेसले २१ फागुनमै सचेतना अभियान शुरू गरेको हो। भन्छन्, “त्यसैले यो अभियान जिल्ला हुँदै गाउँ तहसम्म पुगिसकेको छ।”
कांग्रेसले यसअघि चार मिनेट र एक मिनेटका भिडिओ विज्ञप्ति सार्वजनिक गरेको थियो। आजदेखि १० वटा टेलिभिजनबाट पार्टीका तर्फबाट एक मिनेटको भिडिओे विज्ञप्ति प्रसारण हुने शर्मा बताउँछन्। जुन एक सातासम्म बज्नेछ।
त्यसबाहेकका गतिविधिमा भने कांग्रेसको सक्रियता देखिँदैन। उक्त पार्टीका क्रियाशील सदस्य करीब चार लाख ८५ हजार छन्। भातृ संगठन तरुण दलमा करीब २० हजार सक्रिय कार्यकर्ता र नेविसंघका करीब ६ लाख सदस्य छन्।
“सबै आ–आफ्नो ढंगले सक्रिय छन्” कांग्रेस युवा नेता नैनसिंह महर भन्छन्, “त्यस्तो सक्रियता स्वदेशमा मात्र नभई विदेशमा पनि छ।” उनको भनाइमा कोरोनाविरुद्धको सचेतनादेखि मास्क र साबुनपानी वितरणमा पार्टी कार्यकर्ताहरू सक्रिय छन्।
सत्तारुढ नेकपाले पनि पर्चा, पम्प्लेट बनाएर जनचेतना अभिवृद्धिमा कार्यकर्ता परिचालन गर्ने नीति लिएको छ। केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार सचेतना जगाउने, चिकित्सकहरूको टीम बनाउने र शंका लागेका बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउने काममा क्रियाशील हुन पार्टी कार्यकर्तालाई निर्देशन दिइएको छ। नेकपासँग करीब आठ लाख पार्टी सदस्य छन्।
यस्तै, राप्रपाका कार्यकर्ता पनि स्वतःस्फूर्त रूपमा परिचालित भएको केन्द्रीय सचिवालय सदस्य भरतप्रसाद पाठक बताउँछन्। उनका अनुसार नवलपरासी, बाँके, रुपन्देही, झापा, मकवानपुरलगायत जिल्लामा मास्क, स्यानिटाइजर वितरणलगायत गतिविधिमा उक्त पार्टीका कार्यकर्ता सक्रिय देखिएका छन्।
केन्द्र, प्रदेश, जिल्ला र वडा तहसम्म उक्त पार्टीको संगठन छ। राप्रपाका देशभर करीब डेढ लाख सक्रिय सदस्य छन्। राप्रपाले भीडभाड हुने सबै प्रकारका कार्यक्रम स्थगित गर्न कार्यकर्तालाई निर्देशन दिएको छ।
तराई/मधेशको प्रभावशाली दल राजपाले भने कुनै प्रकारको सक्रियताभन्दा सुरक्षित बस्न कार्यकर्तालाई निर्देशन दिएको छ। “सरकारले आग्रह गरेबमोजिम भीडभाड हुने प्रकारका सबै कार्यक्रम स्थगन गरिएको छ” राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव भन्छन्, “कार्यकर्तालाई पनि सेल्फ आइसोलेसन र सामाजिक दूरीमा बस्न निर्देशन दिएका छौं। अहिले कोही पनि अगाडि सरेर केही गर्न सक्ने अवस्था पनि छैन।”
राजपासँग करीब तीन लाख सक्रिय सदस्य छन्।
" /> काठमाडौं। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संसारभर बढ्दो क्रममा छ।हालसम्म संक्रमणको मृत्युरहित समाधान (सल्भ्ड विदाउट डेथ)का कारण हरियो सूचीमा रहेको नेपालमा पनि भाइरस फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ। यस्तो बेलामा के गर्दैछन्, मुख्य राजनीतिक दल र तिनका कार्यकर्ताहरू ?

">